भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै,कतै समृद्धि त कतै सत्ताको खेल ? – Samacharpati Samacharpati भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै,कतै समृद्धि त कतै सत्ताको खेल ? – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै,कतै समृद्धि त कतै सत्ताको खेल ?

भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै,कतै समृद्धि त कतै सत्ताको खेल ?

भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै,कतै समृद्धि त कतै सत्ताको खेल ?

भारतले आज ७२ औं गणतन्त्र दिवसको मनाउँदै छ ।

राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक(चोकमा प्रहरी खटाइएको छ । आज गणतन्त्र दिवसको अवसरमा दिल्लीको राजपथमा परेड हुँदैछ ।यो परेडपछि किसानले कृषि कानुनको विरोधमा ट्र्याक्टर र्‍याली निकाल्ने तयारी गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किसानहरुको आन्दोलनलाई मध्यनजर गर्दै दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको त्यहाँका प्रहरीले बताएका छन् ।

दिल्लीमा प्रदर्शन गरिरहेका किसानको समर्थनमा मुम्बईका किसान पनि भेला गएका छन् । विवादित कानुनको विषयमा सरकार र किसानबीच ११ पटक छलफल भए पनि निष्कर्ष निस्केको छैन । किसानले यो कानुन संशोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने अडान राख्दै आएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग तीनवटा बजार सहजीकरणसम्बन्धी कानुन खारेज गर्न माग गर्दै लामो समयदेखि किसान आन्दोलनमा छन् । यी कानुनले संयुक्त रूपमा कृषि उत्पादनको बिक्री, मूल्य निर्धारण र भण्डारणसम्बन्धी नियमलाई खुकुलो बनाउने किसानको भनाइ छ ।यसअघिको कानुनले किसानलाई खुला बजारमा सहज पहुँच दिएको थियो । सन् १९४७ जनवरी २६ तारिखमा बेलायतबाट स्वतन्त्र भएपछि भारतले हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारत बेलायतबाट स्वतन्त्र भएलगत्तै पाकिस्तान भारतबाट अलग्गिएको थियो ।बिभिन्न मुलुकमा गणतन्त्रको अभ्यास गरिरहँदा त्यसबाट उचित प्रतिफल लिईरहँदा नेपालले भने अझे सकेको छैन । चरम भ्रष्टचार र अस्थिर राजनिती र पछिल्लो समय सत्ताको लोभमा परी एकअर्कालाई दोषारोपण गर्दै जनता हसाउदा पक्कै पनि गणतन्त्रले गिज्याईराखेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका