बाग्लुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा तेर्सियो,जैमिनीको एक बिद्यालय माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत शिक्षक दरबन्दीविहीन – Samacharpati Samacharpati बाग्लुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा तेर्सियो,जैमिनीको एक बिद्यालय माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत शिक्षक दरबन्दीविहीन – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • बाग्लुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा तेर्सियो,जैमिनीको एक बिद्यालय माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत शिक्षक दरबन्दीविहीन

बाग्लुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा तेर्सियो,जैमिनीको एक बिद्यालय माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत शिक्षक दरबन्दीविहीन

बाग्लुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा तेर्सियो,जैमिनीको एक बिद्यालय माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत शिक्षक दरबन्दीविहीन

बाग्लुङ,२३ माघ । बाग्लुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ ।

बाह्रौं चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बाग्लुङको बलेवामा रहेको नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको हो । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बाग्लुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ । हात्तीपाइले रोग निवारणका लागि अहिले गरिएको चौथो पटकको नमुना परीक्षणमा नारायणस्थानमा आठ र जैमिनीको कुश्मिशेरामा दुई जनामा हात्तीपाइलेको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । नारायणस्थानमा यसअघि पनि हात्तीपाइले भइसकेका तीन जनालाई समेत पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । त्यसैगरी माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत यहाँको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ ।

जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन ।कक्षा १० सम्म पढाइ हुने सो विद्यालयको आधारभूत तहमा छ दरबन्दी र एक राहत शिक्षक छन् । बाँकी छ शिक्षक निजी स्रोतका छन् । दरबन्दी अभावमा विद्यालयले अतिरिक्त आर्थिक भार बोक्नुपरेको छ । शिक्षकलाई तलब खुवाउनै धौधौको स्थिति छ । निजी स्रोतबाट राखिएका शिक्षक टिकाउन गाह्रो भइरहेको प्रधानाध्यापक सतीदेवी थापाले बताउनुभयो ।अहिलेसम्म २०र२२ शिक्षकले विद्यालय छाडेको प्रअ थापाले सुनाउनुभयो ।स्थायी दरबन्दीमा योग्य शिक्षक नहुँदा पढाइको गुणस्तरमा भनेजस्तो सुधार ल्याउन नसकिएको विद्यालयले जनाएको छ । आधारभूत तहको दरबन्दीमा रहेका शिक्षकले मावि तहलाई समेत हेर्नुपर्ने हुँदा तल्लो कक्षामा पढ्ने बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका