नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा तेस्रो चरणको आन्दोलनको घोषणा,तयारीमा काँग्रेस – Samacharpati Samacharpati नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा तेस्रो चरणको आन्दोलनको घोषणा,तयारीमा काँग्रेस – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा तेस्रो चरणको आन्दोलनको घोषणा,तयारीमा काँग्रेस

नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा तेस्रो चरणको आन्दोलनको घोषणा,तयारीमा काँग्रेस

नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा तेस्रो चरणको आन्दोलनको घोषणा,तयारीमा काँग्रेस

काठमाण्डौ,१३ माघ ।नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

आज उक्त पक्षको संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिनिधिसभा विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । तेस्रो चरणको आन्दोलनका कार्यक्रम माघ १३ देखि २८ गतेसम्म सञ्चालन हुने छ ।प्रचण्ड–नेपाल पक्षले सार्वजनिक गरेको कार्यक्रम अनुसार माघ १३ गते सिटी जुलुस, १४ गतेबाट २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना तथा १६ गते सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिने बताइएको छ । यस्तै प्रचण्ड–नेपाल समुहले माघ २२ गते काठमाडौंमा युवाहरुको सहभागितामा ¥याली, २६ गते मसाल जुलुस तथा २८ गते बृहत विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्ने आज जानकारी दिएको छ ।

हाल नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली तथा प्रचण्ड–नेपाल पक्ष गरेर २ समुहमा विभाजित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा २ गुटमा विभाजन भएको हो । हाल नेकपाको दुवै समुहले एकअर्काको समुहका नेता तथा कार्यकर्तालाई कारवाही गरेको तथा निस्काषन गरेको घोषणा गरिरहेका छन् ।त्यसैगरीपाँच दिन चलेर रोकिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ। गत पौष ७ गतेदेखि सुरु भई पौष १९ मा रोकिएको बैठक आज मंगलबार बस्न लागेको हो।बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने कांग्रेस स्रोतले जनाको छ। कांग्रेसमा संस्थापन इतर प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका