कोरोना विरुद्धको भ्याक्सिन गण्डकी प्रदेशमा आईपुग्यो,खोप बुधबारदेखि लगाइने – Samacharpati Samacharpati कोरोना विरुद्धको भ्याक्सिन गण्डकी प्रदेशमा आईपुग्यो,खोप बुधबारदेखि लगाइने – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • कोरोना विरुद्धको भ्याक्सिन गण्डकी प्रदेशमा आईपुग्यो,खोप बुधबारदेखि लगाइने

कोरोना विरुद्धको भ्याक्सिन गण्डकी प्रदेशमा आईपुग्यो,खोप बुधबारदेखि लगाइने

कोरोना विरुद्धको भ्याक्सिन गण्डकी प्रदेशमा आईपुग्यो,खोप बुधबारदेखि लगाइने

पोखरा,१२ माघ । सरकारले निशुल्क वितरण गर्ने कोरोना विरुद्धको भ्याक्सिन गण्डकी प्रदेशमा आइपुगेको छ ।

भारतबाट अनुदानमा प्राप्त खोप नेपाल सरकारले समानुपातिक रुपमा प्रदेश तहमा वितरण गरेको हो ।‘कोभिसिल्ड’ नामक खोप आइतबार साँझ पोखरा ल्याइएको छ । सबै खोप प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र अन्तर्गत कोल्ड स्टोरमा राखिएको छ । अहिले ४० हजार डोज खोप ल्याइएको सरकारले जनाएको छ । पहिलो चरणमा गण्डकीका १७ हजार भन्दा बढीले खोप पाउने छन् । सरकारले तयार गरेको विवरण अनुसार १७ हजार ३ सय ९६ जना ‘फ्रन्ट लाइनर’ लाई खोप लगाउन लागिएको हो । पोखरा आइपुगेको खोप आज प्रदेशका ११ वटै जिल्लामा पु¥याइने आपुर्ति व्यवस्थापन केन्द्र गण्डकीका निर्देशक खीम खड्काले जानकारी दिए । गण्डकीमा खोप राख्ने कोल्ड स्टोरको अभाव छैन । सबै ठाउँमा आवश्यक्ता अनुसार भण्डारण केन्द्र रहेको खड्काको भनाइ छ ।त्यसैगरीनोबेल कोरोना भाइरस ९कोभिड–१९०विरुद्धको खोप पर्सि बुधबारदेखि लगाइने भएको छ ।

पहिलो चरणमा अग्रभागमा काम गर्नेहरुलाई खोप दिइनेछ । सातै प्रदेशका मुख्यमन्त्रीसँग आईतबार भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए ।मन्त्री त्रिपाठीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् । मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गरे । भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप कोभिशिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । मन्त्री त्रिपाठीले खोपमा अविश्वास नगर्न पनि सबैमा आग्रह गरेका छन् ।यसैबीच नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या भने २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको हो । आज थप २ सय७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका