कक्षा १२ को नतिजा प्रकाशन हुन अव १ हप्ता – Samacharpati Samacharpati कक्षा १२ को नतिजा प्रकाशन हुन अव १ हप्ता – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन १६, २०७७
  • होमपेज
  • कक्षा १२ को नतिजा प्रकाशन हुन अव १ हप्ता

कक्षा १२ को नतिजा प्रकाशन हुन अव १ हप्ता

कक्षा १२ को नतिजा प्रकाशन हुन अव १ हप्ता

कक्षा १२ को नतिजा प्रकाशन हुन अझै एक हप्ता लाग्ने भएको छ ।

उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण सकिएर केन्द्रमा प्राप्त अंकको रुजु गर्ने काम भइरहेकोले यसैहप्ता नतिजा प्रकाशन गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले बताए । उनले विद्यालयबाट प्राप्त विवरणहरु व्यवस्थितनभएका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको जानकारी दिए । कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा गएको मंसिरमा सकिएको थियो । परीक्षा बोर्डले मन्त्रिपरिषद्को स्वीकृतिमा कार्यविधि जारी गरेर ४० पूर्णांकको संक्षिप्त परीक्षा सञ्चालन गरेको हो (ताण्डव )

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका