बाग्लुङ, ११ माघ । जिल्ला बाग्लुङ नगरपालिका ५ स्थित मालिकामा जिल्ला म्याग्दी बेनी बजारबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ ज ६७४४ न को जिप सडकदेखि अन्दाजी १० मिटर तल खस्दा दुर्घटना हुँदा हुन् पुगेकाे छ ।
जिप दुर्घटनामा जिल्ला म्याग्दी बेनी नगरपालिका २ गौस्वराका ५ जना यात्रुहरु घाईते भएका छन् । घाईते हुने जिल्ला म्याग्दी बेनी नगरपालिका २ गौस्वरा बस्ने वर्ष ३० की टिका कुमारी रिजाल अवस्था मध्यम रहेकाे छ ।
बेनी नगरपालिका २ गौस्वरा बस्ने ५५ वर्षिय गंगा रिजाल, ४० वर्षिय कमला कुमारी रिजाल, १६ वर्षिय कुशुम रिजाल, ४४ वर्षिय भवानी खत्री खड्का रहेका छन् उनीहरूकाे अवस्था सामान्य रहेकाे छ ।
घाईतेहरूलाई उपचारको लागि धवलागिरी अञ्चल अस्पताल बाग्लुङमा पठाइएको छ । घटनास्थलमा प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको छ ।