नवलपरासी, ११ माघ । जिल्ला नवलपरासी पूर्व विनयी त्रिवेणी गाँउपालिका १ दुम्किबास बजारस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका बसमा प्रहरीले चेक गर्दा लागूऔषध सहित तीन जना युवक पक्राउ परेका छन् ।
विनयी त्रिवेणी गाँउपालिका १ दुम्किबास बजारस्थित पूर्व पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ख ४०३४ नम्बरको सुनौलीबाट पोखरा आउँदै गरेको बसलाई चेकिङ गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कास्की पोखरा महानगरपलिका ६ बस्ने वर्ष १९ को विशेक परियारले बोकेको झोलाबाट नोफिन ४६ एम्पुल, फेनारगन ४६ एम्पुल, डाईजोपाम ४६ एम्पुल र वर्ष १९ को रहन सुनारले बोकेको झोलाबाट नोफिन ५० एम्पुल, फेनारगन ५० एम्पुल, डाइजापम ५० एम्पुल, जिल्ला नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका ७ बस्ने वर्ष १९ को आकाश गुरुङले बोकेको
झोलाबाट चरेस जस्तो देखिने ४ पुरिया, १९/६६ ग्राम लागु औषध र सुकेको गाँजा ८१/५ ग्राम लागूऔषध सहित तीन जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । उनिहरू माथि थप अनुसन्धान कार्य भइरहेको छ ।