वैवाहिक जीवनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई – Samacharpati Samacharpati वैवाहिक जीवनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • वैवाहिक जीवनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

वैवाहिक जीवनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

वैवाहिक जीवनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

काठमान्डाैँ, ११ माघ । पूर्व सूचना तथा संचार प्रविधि मन्त्री एंव नेपाल सरकारका प्रवक्ता रहिसक्नु भएका राई २०७५ फागुन २ गते प्रदेश नं १ काे मुख्यमन्त्री चयन हुनु भएकाे थियाे ।

स्कूले जीवनदेखि राजनीतिक यात्रा थाल्नु भएका राईको राजनीतिक जीवनको सक्रियता धेरै युवाहरुका लागि प्रेरणादायी छ । निकै लामो समय भोजपुरको जिल्ला नेतृत्व सम्हालेर केन्द्रीय नेतृत्वमा पुग्नु भएका राई निष्ठा र निरन्तरताको राजनीतिमा विश्वास गर्नुहुन्छ ।

प्रदेश १ का मुख्यमन्त्री  शेरधन राई वैवाहिक जीवनमा बाँधिनुभएकाे छ । काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग बिहे गर्नुभएकाे हाे ।

मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरुकाे सहभागिता रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका