पाेखरा, ११ माघ । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १५३७४ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १४ जना काेराेना संक्रमित थपिएका छन् ।
थपिने काेराेना संक्रमित म्याग्दीका ३ जना, बाग्लुङका ७ जना, कास्कीका ४ जना गरि १४ जना रहेका छन् । थपिने संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।
लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा २२ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित बाग्लुङका १ जना, पर्वतका २ जना, कास्कीका १९ जना गरि २२ जना रहेका छन् ।
थपिने संक्रमित सबै लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षण मार्फत पहिचान भएका हुन् ।
थपिने संक्रमित सबैलाइ आइसाेलेसमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।