‘एक जना मात्र होइन, हाम्रा पूर्व हेर्नुस्, वर्तमान हेर्नुस् ,तपाईं आफ्नोमा जानुस्:-प्रधानन्यायाधीश जबरा – Samacharpati Samacharpati ‘एक जना मात्र होइन, हाम्रा पूर्व हेर्नुस्, वर्तमान हेर्नुस् ,तपाईं आफ्नोमा जानुस्:-प्रधानन्यायाधीश जबरा – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • ‘एक जना मात्र होइन, हाम्रा पूर्व हेर्नुस्, वर्तमान हेर्नुस् ,तपाईं आफ्नोमा जानुस्:-प्रधानन्यायाधीश जबरा

‘एक जना मात्र होइन, हाम्रा पूर्व हेर्नुस्, वर्तमान हेर्नुस् ,तपाईं आफ्नोमा जानुस्:-प्रधानन्यायाधीश जबरा

‘एक जना मात्र होइन, हाम्रा पूर्व हेर्नुस्, वर्तमान हेर्नुस् ,तपाईं आफ्नोमा जानुस्:-प्रधानन्यायाधीश जबरा

काठमाडौं, ११ माघ । प्रतिनिधिसभा विघटनबारे अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ भनेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक इजलासमा प्रश्न उठाउनुभएकाे छ ।

शुक्रबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक जना बाजेलाई तमासा गर्न लगेछन्’ भन्नुभएकाे थियाे । आइतबार इजलासमा त्यसबारे प्रश्न उठाउँदै त्रिपाठीले भन्नुभएकाे छ, ‘यो तमासा हो श्रीमान्, हामी तमासा गर्न बसको हौं ?’

तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बाहिर भइरहेको कुराबारे चर्चा नगर्न आग्रह गर्नुभएकाे छ । ‘बजारका कुरामा नजानुस्, आफ्नो विषयमा जानुस्’ उहाँले भन्नुभयाे ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले ‘कुरा सिरियस छ’ भन्दा प्रधानन्यायाधीश जबराले भन्नुभएकाे छ, ‘सबै कुरा सिरियस छ, तर हामी बाहिर ध्यान मोड्दैनौं । बजारमा कसले कति भनिरहेका छन्, हामीले माइन्ड त्यता मोड्न हुँदैन ।’

उहाँले अघि भन्नुभयाे, ‘एक जना मात्र होइन, हाम्रा पूर्व हेर्नुस्, वर्तमान हेर्नुस् । तपाईं आफ्नोमा जानुस् ।’आजै इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोक्नुभएकाे थियाे ।

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका