पोखरा, ११ माघ । नेपाल प्रेस युनियन गण्डकी प्रदेश प्रतिनिधि पारीजात खराललाई मातृशोक परेको छ । उहाँकी ममतामयी माता चन्द्रकला खरालको ७१ वर्षको उमेरमा चितवन खैरनी नगरपालिका वडा ९ स्थित आफ्नै निवास बह्मनगरमा आइतबार निधन भएको हो ।
स्वर्गीय खराल नेपाल प्रेस युनियन कास्कीका पूर्व उपाध्यक्ष यदुनाथ बञ्जाराका सासूआमा समेत हुनुहुन्छ । स्व. खरालका ३ छोरा र २ छोरी छन् ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा संयुक्त रुपमा जारी शोक विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्न सक्ने शक्ति भगवान्ले प्रदान गरुन् भनी कामना गरिएको छ ।