‘हल अफ फेम सिजन २’ को चौथों एपिसोडमा ११ जनाको दमदारअडिशन – Samacharpati Samacharpati ‘हल अफ फेम सिजन २’ को चौथों एपिसोडमा ११ जनाको दमदारअडिशन – Samacharpati
Samacharpati
बुधबार, बैशाख २९, २०७८
  • होमपेज
  • ‘हल अफ फेम सिजन २’ को चौथों एपिसोडमा ११ जनाको दमदारअडिशन

‘हल अफ फेम सिजन २’ को चौथों एपिसोडमा ११ जनाको दमदारअडिशन

‘हल अफ फेम सिजन २’ को चौथों एपिसोडमा ११ जनाको दमदारअडिशन

काठमाडौँ, ११ माघ । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित हल अफ फेम सिजन २ को चौथो एपिसोड प्रसारण भएको छ । निम्न लींकमा यस एपीसोड हेर्न सकिन्छ । नेपाली समय अनुसार शनिवार राती ८ बजे हिमालय टेलिभिजन र एमएनटीभी अष्ट्रेलियाका प्लाटफर्महरुमा प्रशारण हुने कार्यक्रममा अष्ट्रेलियाबाट एक सानो प्रतिस्पर्धी र बाँकी १० जना नेपालबाट सहभागिता जनाउँदैछन् ।

मनिगमर शेर्पा, समिर लिम्बु, सुदिक्क्षा तामाङ, सुदिप जैरु, सुप्रिया पौडेल, सुरेन लिम्बु, सूस्थ खड्का, टेस्वाङ शेर्पा, उसहन अधिकारी, रोनिस श्रेष्ठ नेपालबाट र आँचल वस्याल,अष्ट्रेलियाबाट प्रतिस्पर्धामा छन् । रियालीटी शो भन्ने बित्तिकै रंगिन स्टेज, झकिझकाउ माहौल र चम्किला लाइट्सहरुको एकतमासको प्रदर्शनका रुपमा बुझ्ने धारणा विश्वभरि रहेको छ । यद्धपी हल अफ फेम एउटा यस्तो सरल र विशुद्ध रियालीटी शो हो जहाँ निर्णायकहरु र प्रतिस्पर्धीहरु दुबै आआफ्नै घरवाट
सहभागी हुन्छन् ।

अत्यन्त सरल तर उत्साहप्रद यस रियालीटी शो मा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठको सञ्चालनले चौतर्फी प्रशंसा कमाइरहेको छ
वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका विवेक श्रेष्ठ र रेजिना रिमाल भर्चुअल माध्यमबाट निर्णायकको भूमिकामा हुनुहुन्छ । ३ पुस्ताका यी ३ निर्णायकहरुको मुल्याकंन अनि विचारले यस शो लाई थप रौनक प्रदान गरेको छ ।

भर्चुअल्ली अडिशन लिइने यस रियालीटी शो मा ३ जना निर्णयकहरुले अडिशन हेरिसकेपछि आआफ्ना कमेन्टका आधारमा कूल १० अकंमा प्रतिस्पर्धीहरुको गायकीलाई अकं प्रदान गर्नुहुन्छ । यिनै अकंका आधारमा उक्त प्रतिस्पर्धीको हल हफ फेमको आगामी यात्रा तय गरिन्छ ।

दर्जनभन्दा धेरै देशमा रहेका नेपालीहरुले उत्साहपूर्ण सहभागीता जनाएका यस गायन रियालीटी शो हल अफ फेमले विश्वभरि छरिएर रहेका नेपाली गायन ट्यालेन्टहरुलाई एउटा साझा थलो प्रदान गरेको छ । मोरङ्ग देखि मलवर्नसम्मका नेपाली गायकीहरुलाई एउटा सुत्रमा बाँध्न र शोकेस गर्न सफल यस कार्यक्रममा पुराना तथा नयाँ नेपाली गीतहरु र गायकीहरु हेर्न सकिन्छ । हल अफ फेमका अन्य एपीसोडहरु हेर्नका लागि नम्नि लींकहरु छन् ।

 

आजको राशिफल : २०७८ साल बैशाख २९ गते बुधवार

आजको राशिफल : २०७८ साल बैशाख २९ गते बुधवार

२०७८ वैशाख २९ बुधवार, प्रतिपदा – ललितपुर मत्स्यन्द्रनाथ रथारोहण, विश्व नर्स दिवस – 12 May 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीबाट जाेगिएर काम गर्नुहाेला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। केही खर्च बढ्नेछ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर भने प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। सामाजिक जिम्मेवारी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – सम्भावना र अवसर खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ। प्राथमिकताका आधारमा काम अघि बढाउन नसकिएला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। शुभचिन्तकहरूकाे सहयाेगले काम बन्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले दुश्मनी गर्नेहरूले भने केही समस्या निम्त्याउन सक्छन्, सजग रहनुहाेला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

एनसेलको हरेक दिन स्मार्टफोन जित्न सकिने योजना

एनसेलको हरेक दिन स्मार्टफोन जित्न सकिने योजना

२८ बैशाख काठमाडौं : एनसेलका ग्राहकले अब युनाइटेड अरब एमिरेट्स (युएई)बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउनेछन्। यो योजना वैशाख २८ देखि लागु हुने एनसेलले घोषणा गरेको छ।

इदको अवसरमा ल्याइएको यो योजना सात दिनसम्म सञ्चालन हुनेछ।यस योजना अन्तर्गत युएईबाट धेरैभन्दा धेरै आगमन कलमा कुरा गर्ने ग्राहकले हरेक दिन सामसुङ ग्यालेक्सी–ए २० स्मार्टफोन जित्न सक्नेछन्।

युएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन्।

विषम परिस्थितिमा यो योजनाले एनसेलको नेटवर्कमार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन मद्दत गर्ने कम्पनीको विश्वास छ।

सात दिनमा सात जना ग्राहकले स्मार्टफोन जित्नेछन्। ग्राहकले उठाएको आगमन कुल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिनेछ। विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलयबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गर्ने जनाइएको छ।

स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रूपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन्। यो सेवा १७१२६ डायल गरी निःशुल्क सुरु गर्न सक्छने छन्।

विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन्। यसरी प्राप्त बोनस तीन दिनका लागि मान्य हुनेछ। ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन्।

पर्वतमा आज रातिदेखि १० दिन निषेधाज्ञा

पर्वतमा आज रातिदेखि १० दिन निषेधाज्ञा

२८ बैशाख पर्वत : कोरोना भाइरस संक्रमण समुदाय स्तरमा नै फैलिएपछि पर्वतमा आजदेखि जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ। मंगलबार राति १२ बजेदेखि जेठ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो। यसअघि जिल्ला सदरमुकाम रहेको कुस्मा नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ मा मात्र लागु गरिएको थियो।

जिल्लाका ग्रामीण क्षेत्रमा समेत संक्रमितहरू भेटिँदै गएको र सवारी साधनहरू विभिन्न बहानामा ग्रामीण क्षेत्रबाट सदरमुकाम आउजाउ गर्दा जोखिम उच्च बन्दै गएकले जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी सूचनामा उल्लेख छ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन र हिँड्डुल गर्न रोक लगाइएको उल्लेख छ। यस्तैm., मठमन्दिर तथा धार्मिक स्थल बन्द रहनेछन्। विवाह र मृत्यु संस्कारमा १० जना मात्रै सहभागी हुन पाइने जनाइएको छ। अत्यावश्यक सेवाबाहेकका पसल बन्द गर्ने, सरकारी कार्यालयमा न्यूनतम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने, सार्वजनिक तथा निजी सवारी साधन चलाउने रोक लगाउने, विकास निर्माणका काम नरोक्ने तर कार्यस्थलमै मजदुरलाई खाने, बस्ने व्यवस्था गर्ने, लघुवित्त, सहकारी तथा बिमा कम्पनी बन्द गर्ने लगायत निर्णय भएका छन्।

औषधि तथा स्वास्थ्यका सामग्री पसल २४सै घण्टा खुला राख्न दिने, एम्बुलेन्स, शव वाहन, दमकल, खाद्य सामग्री, निर्माण सामग्री, दुध, पानी, पेट्रोल आदि बोकेका सवारीसाधनसहित सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सञ्चालनमा रोक नलगाउने प्रशासनले बताएको छ। विवाहका लागि चलेका सवारीमा दुलाहा–दुलहीसहित बढीमा पाँचजना भन्दा बढी सवार भएमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिने प्रशासनले बताएको छ।

खाद्यान्न पसल बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था गरिएको छ।

भारतमा कोरोनाको थप कडा प्रजाति भेटियो, फैलावट १००० गुणा तीव्र

भारतमा कोरोनाको थप कडा प्रजाति भेटियो, फैलावट १००० गुणा तीव्र

भारतमा कोरोना भाइरसको अहिलेसम्मकै संक्रामक भेरियन्ट फेला परेको छ। यो भेरियन्ट सबैभन्दा पहिले कुर्नूलमा भेटिएको थियो। हाल फैलिरहेका भन्दा यो भेरियन्टको फैलावट १००० गुणा तीव्र छ।

भाइरसको नयाँ भेरियन्ट फेला परेसँगै आन्द्र प्रदेशका मानिसहरू निकै डराइरहेका बीबीसी हिन्दीले लेखेको छ। कोरोनाका मौजूदा भेरियन्टभन्दा यो १००० गुणा तीव्र फैलिरहेको जनाइएको छ।

दिल्ली सरकारले आन्द्र र तेलंगना प्रदेशबाट आउने मानिसहरूलाई प्रवेश प्रतिबन्ध नै लगाइदिएको छ। यो प्रदेशमा म्यूटेन्ट भएको भेरियन्टको नाम एन४४०के राखिएको छ।

भारतमा यतिखेर कोरोना भाइरसका कयौं भेरियन्ट फैलिएको छ। केही भेरियन्टहरूले कोरोना महामारी तीव्र रूपमा फैलाइरहेको भाइरोलोजिस्टहरूले बताइरहेका छन्‌।

डबल म्यूटेन्ट भेरियन्टले महाराष्ट्रमा ५० देखि ६० प्रतिशत संक्रमण हिस्सा ओगटेको छ। यस्तै, बेलायती भेरियन्ट पञ्‍जाब प्रान्तमा बढी फैलिएको छ। महाराष्ट्र भेरियन्ट अहिले आन्ध्र, तेलंगाना र कर्नाटकमा फैलिसकेको छ।

सरकारका केही विज्ञहरूले भने यो भाइरस निकै पहिले नै फेला परेकाले सावधानी अपनाए हुने, तर खासै डराउनु नपर्ने बताइरहेका छन्‌।

महामारीका बेला भारत सरकारले अपनाएको रवैयालाई लिएर अहिले विश्वभर आलोचना भइरहेको छ। भारतले समयमै महामारी नियन्त्रण नगर्दा सो फैलिएर दक्षिण एसियाका अधिकांश देशमा संकटपूर्ण स्थिति निम्तिएको छ।

बुटवलको कोरोना विशेष अस्पतालमा फेरि अक्सिजन अभाव

बुटवलको कोरोना विशेष अस्पतालमा फेरि अक्सिजन अभाव

बुटवल — बुटवलको कोरोना विशेष अस्पतालमा पुन: अक्सिजन अभाव भएको छ । अक्सिजन अभाव भएपछि एचडीयूका धेरैजसो बिरामीको अक्सिजन मास्क झिकिएको छ ।

आईसीयूका बिरामीलाई धिमा गतिमा मात्रै अक्सिजन दिइएको अस्पतालले जनाएको छ । यहाँ आईसीयूमा १६ र एचडीयूमा ३६ गरी ५२ बिरामी छन् । अस्पतालले एचडीयू र आईसीयूमा भर्ना भएका बिरामीलाई समेत आफैं अक्सिजन जोहो गर्न आग्रह गरेको छ । अस्पतालले आफैं अक्सिजन जुटाउन भनेपछि जटिल खालका बिरामी र उनीहरूका आफन्त तनाबमा छन् । एचडीयूमा रहेका बिरामी तिलोत्तमाका हिक्मत चौधरीले बिहानैदेखि आफन्त र चिनजानका मान्छे गुहारेका छन् । ‘बिहान ३ बजेदेखि अक्सिजन झिकिएको हो,’ उनले भने ‘अस्पतालले आफैं अक्सिजन ल्याएमात्रै लगाइदिन्छौं भन्छ ।’

अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले तालिकाअनुसार सोमबार साँझ आउनुपर्ने अक्सिजन बिहानसम्म नआएपछि समस्या भएको बताए । ‘अबको आधा घण्टामा अक्सिजन आएन भने आईसीयूका बिरामीको पनि अक्सिजन झिक्नुपर्नेछ,’ उनले भने ।

कोरोना विशेष अस्पताल सञ्चालन गरेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले तालिकाअनुसार अक्सिजन नआउँदा समस्या भएको बताए । सम्झौता भएको बाँकेको एचओ कम्पनीले एक सातायता आपूर्ति रोकेको छ । बाँकेबाट अक्सिजन नआएपछि रूपन्देही जिल्ला प्रशासन, ग्यास उद्योगी र अस्पताल बसेर ४ दिनअघि तालिका बनाएका थिए । रूपन्देहीमा रहेको शंकर अक्सिजन ग्यास प्रालिले पूर्वनिर्धिारित परिमाणमा उत्पादन नभएको भन्दै अक्सिजन नदिँदा समस्या भएको सूचना अधिकारी गौतमले बताए । अक्सिजन सकिएपछि अस्पतालका स्टाफ आफैं अक्सिजन उद्योग रहेको माधवलिया पुगेका छन् । केही घण्टामा अक्सिजन व्यवस्था हुने सूचना अधिकारी डा. गौतमले बताए ।

बहुमतकाे सरकारका लागि राष्ट्रपतिको आह्वान

बहुमतकाे सरकारका लागि राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा विश्वासको मतको लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधिसभाका सभामुखको पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई वैशाख ३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गर्न आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै तीन दलले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो ।

 

लमजुङमा एक साता निषेधाज्ञा

लमजुङमा एक साता निषेधाज्ञा

२८ बैशाख लमजुङ : कोरोना संक्रमण फैलिएसँगै लमजुङमा एक साता निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।

जिल्ला सदरमुकाम वेंशीशहरलगायत अन्य स्थानीय तहहरुमा संक्रमितको संख्या दिनहुँ बढेकाले थप संक्रमणलाई रोकथाम गर्न वैशाख २८ गते राति १२ बजेदेखि जेठ ३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

निषेधाज्ञा अवधिमा औषधि उपचार, खाद्यबस्तु खरिद र खेतबारीमा कृषिजन्य कामबाहेक घरबाहिर निस्कन रोक लगाइएको छ। यस्तै, एम्बुलेन्स, बिरामी बोकेका गाडी, शववाहन, निर्माण सामग्री ढुवानीका साधन, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधनबाहेक अन्य सबै खाले सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

खाद्यन्न तथा तरकारी, पेट्रोलियम पदार्थ, औषधिजस्ता अत्याश्यक उपभोग्य बस्तु बिक्री गर्नेबाहेक सम्पूर्ण पसल, उद्योग व्यापार व्यवसाय गर्न रोक लगाइएको छ। दैनिक उपभोग्य वस्तुको पसल बिहान ६ देखि ९ बजेसम्म खुला राख्न पाइने छ।

धार्मिक, सांस्कृतिक जस्ता जमघट, भेला हुने कार्याक्रममा प्रशासनले रोक लगाएको छ। जिल्लाका नाकाहरुबाट समेत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सम्पूर्ण सवारी साधन र पैदल आवतजावतमा समेत पूर्ण रुपमा रोक लगाइएको प्रशासनले जनाएको छ।

बैठकले जिल्लाको अवस्था हेरेर निषेधाज्ञाको समय थपघट गर्नु परे जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गर्ने समेत निर्णय गरेको छ। लमजुङको राईनास नगरपालिका–७ र दुधपोखरी गाउँपालिकाको वडा नम्बर १ र २ मा यसअघिनै निषेधाज्ञा जारी भएको थियो।

आज आमाको मुख हेर्ने पर्व, मातातीर्थ मेला स्थगित

आज आमाको मुख हेर्ने पर्व, मातातीर्थ मेला स्थगित

२८ वैशाख, काठमाडौं । आज वैशाखकृष्ण पक्षको औंसी तिथि अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदाता आमालाई सम्मान गरी मनाइने यो पर्वलाई ‘आमा खुवाउने औंसी’ पनि भनिन्छ ।

यस दिन आमालाई मनपर्ने खानेकुरा खुवाएर आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर गरिन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई उपहार दिई मीठा र तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने गर्दछन् । आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमाको सम्झना गर्दछन् ।

सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व बुवाभन्दा बढी मानिन्छ । त्यसैले आमालाई सम्मान गरी खुसीपूर्वक राख्नुपर्ने धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् ।

आमाको मुख हेर्ने दिनमा काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । तर, यसवर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको मेयर घनश्याम गिरीले जानकारी दिए । गत वर्ष पनि कोरोना संक्रमणकै कारण मातातीर्थ मेला स्थगित गरिएको थियो ।

ओलीलाई माधव नेपालको ६ बुँदे पत्र, सम्बोधन नभए सामूहिक राजीनामा

ओलीलाई माधव नेपालको ६ बुँदे पत्र, सम्बोधन नभए सामूहिक राजीनामा

काठमाडौं ः नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मध्यराति ६ बुदे ध्याकर्षण पत्र लेखेको छ। नेपाल पक्षले आफ्ना माग पुरा नभए सांसदबाट सामूहिक राजीनामा दिने चेतावनी सहितको पत्र लेखेको हो।

नेता नेपालले लेखेको पत्रमा सर्वोच्चले नेकपालाई एमाले र माओवादीको पुरानै अवस्थामा पुर्‍याएकाले एकीकरणअघि अर्थात् २०७५ जेठ २ को अवस्थाबाट क्रियाशिल बनाउनुपर्ने सर्त राखिएको छ।

यस्तो छ नेपाल समूहको पत्र

मितिः बैशाख २६, २०७८

श्री केपी शर्मा ओली,

अध्यक्ष

नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

विषयः पार्टीको एकता कायम राख्न आग्रह। 

नेपाल कम्युनिष्ट पार्टी -एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी(ने क पा) गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट विघटन भई उक्त दुई पार्टीहरू पूर्ववत् अवस्थामा रहने तथा पुनः एकता गर्ने भए निर्वाचन आयोगमा जानु भन्ने भएपछि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाई छलफल गरिनु पर्थ्यो। त्यसो नगरी तपाईले गत फागुन २८ गते पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधान मिचेर केन्द्रीय कमिटी भंग गरी कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्नुभयो।

त्यसरी आयोजक कमिटी गठन गर्दा हामी लगायतका केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने अत्यन्त स्वेच्छाचारी निर्णय गर्नुभयो। त्यतिले मात्र नपुगेर तपाईले केन्द्रीय कमिटीका पदाधिकारी र स्थायी कमिटीका सदस्य समेत चारजनालाई पार्टी सदस्यबाट नै निलम्बिन गर्ने तानाशाही निर्णय गर्नुभयो। प्रतिनिधिसभाका हामी ३० जना सदस्यहरूलाई आधारहीन र पूर्वाग्रहपूर्ण आरोप लगाउँदै स्पष्टिकरण सोध्नु भयो। पार्टी स्थायी कमिटीमा मनपरी किसिमले नियुक्ति गर्दै कार्यविभाजन गरी निर्देशन जारी गर्नुभयो।

प्रदेश समन्वय कमिटीमा स्वेच्छाचारी किसिमले पजनी गर्दै तपाईले अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीहरूलाई विघटन गर्नुभयो। जनसंगठन र पेशागत संगठनहरूमा पनि त्यसरी नै स्वेच्छाचारी किसिमले आफ्नो गुट बाहेकका व्यक्तिहरूलाई जिम्मेवारीबाट हटाउनु भयो। तपाईका यस्ता पार्टी विधान विपरीत तथा लोकतान्त्रिक मान्यता विपरीतका क्रियाकलापहरू सच्याउन हामीले विभिन्न समयका प्रत्यक्ष वार्ताहरूमा समेत आग्रह गयौं। तर त्यसप्रति तपाईले कुनै सुनुवाई गर्नुभएन। यसबाट देश, जनता र पार्टीमा पर्ने असरप्रति असंवेदनशील भएर तपाईले प्रतिनिधि सभामा यही वैशाख २७ गते विश्वासको मत लिने कुरा गर्नु भएको छ। यस्तो विषयमा समेत तपाईले पार्टी भन्दा बाहिर समर्थनको लागि अनुनयविनय गर्नुभयो भने पार्टीमा आफ्नो गुटबाहेकको पंक्तिप्रति शत्रुवत् व्यवहार देखाइरहनु भएको छ।

तपाईले वार्ता गर्ने वा पार्टी एकता गर्नेभनी आफु निकट व्यक्तिहरूलाई खटाएझै गर्नुभएको काम कति नक्कली रहेछ भन्ने यही वैशाख २६ गते दिनुभएको अहंकार र विद्वेषपूर्ण वक्तव्यबाट छर्लङ्ग हुन्छ। वक्तव्यमा तपाईले आफ्ना पार्टीको सिद्धान्त, विधान र नीति विरोधी क्रियाकलापहरूमा पर्दा हाल्न अरुमाथि प्रहार गर्नुभएको छ। यस्तो स्थितिमा निम्नलिखित कुराहरूको आधारमा मात्र तपाईले विश्वासको मत लिने निर्णयबारे छलफल गरी निष्कर्षमा पुग्नसकिने यथार्थबारे जानकारी गराउन चाहन्छौं।

१. सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेष्ट २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने।

२. नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने।

. पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने।

४. पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एकअर्काप्रति लगाइएका आरोप(प्रत्यारोप एवम् समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने।

५. सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने।

६. उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने। यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने। हामीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) मात्र होइन, नेपालको कम्युनिष्ट आन्दोलनको एकताको रक्षा तथा देश, जनता र पार्टीको हितको लागि अगाडि सारेका उपयुक्त कुराहरूलाई गम्भीररुपमा ग्रहण गरी समस्याको समाधानको दिशामा अग्रसर हुन तपाई र तपाई निकट सबै नेता, कार्यकर्ता र सदस्यहरूलाई आव्हान गर्दछौं। हाम्रा उक्त जायज आवाजहरूलाई वेवास्ता गरियो भने तपाई पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ।

त्यस्तो स्थितिमा हामी देश र जनताको सर्वोपरी हित तथा पार्टी र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभाको सदस्य नै त्याग गर्ने लगायतका जस्तोसुकै पाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ। यसको लागि पनि जिम्मेवार तपाई नै हुनुहुने छ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको रक्षार्थ सञ्चालित अभियानकर्ता स्थायी कमिटी, केन्द्रीय कमिटी र अन्य सबै कमिटी, नेता र कार्यकर्ताहरूको तर्फबाट

माधव कुमार नेपाल

वरिष्ठ नेता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन आह्वान

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन आह्वान

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका छन् । केही बेरअघिमात्र उनले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका हुन् ।

अधिवेशन बोलाएका थिए । अविश्वास प्रस्तावमाथि बैशाख १५ मा मतदान हुने कार्यसूची रहेकोमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले अधिवेशन अनिश्चितकालीन स्थगीत गरेका थिए । त्यसपछि सोमबारलाई अविश्वास प्रस्तावमाथि मतदान गर्ने दिन तोकिएको थियो । उनले राजीनामा दिएका हुन् ।