मन्जु उपासना र एच. बी.सुनारको सुमधुर स्वरमा ''दिइसके यो जिवन'' – Samacharpati Samacharpati मन्जु उपासना र एच. बी.सुनारको सुमधुर स्वरमा ''दिइसके यो जिवन'' – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन १६, २०७७
  • होमपेज
  • मन्जु उपासना र एच. बी.सुनारको सुमधुर स्वरमा ”दिइसके यो जिवन”

मन्जु उपासना र एच. बी.सुनारको सुमधुर स्वरमा ”दिइसके यो जिवन”

मन्जु उपासना र एच. बी.सुनारको सुमधुर स्वरमा ”दिइसके यो जिवन”

काठमान्डाैँ, ११ माघ । गायक एच. बी. सुनार र मन्जु उपासनाको युगल स्वरमा रहेको गीत ”दिइसके यो जिवन” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकोनै संगीत रहेको डान्सिङ शैलीको यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोमा नायक पुष्प खड्का र पछिल्लो समय टिकटकमा हिट हुदै मोडेल बनेकी गीता ढुंगानाको नृत्य र अभिनय रहेको छ ।

ज्ञानेद्र शर्माको सिनेमाटोग्राफी,सुबोल थापाको कोरियोग्राफी ,रहेको भिडियोमा अमृत चापागाईको सम्पादन र शिशिर श्रेष्ठको निर्देशन रहेको छ ।

दशकौ देखि नेपाली सांगीतिक छेत्रमा क्रियाशील गायक एबम संगीतकार एच. बी.सुनारका यसअघि दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन भने एच. बी. र मन्जु मिलेर लामो समयदेखि मन्जरी संगीत पाठशालाको संचालन गर्दै आएका मन्जु गायन रियालिटी सो कार्यक्रम सिङगिङ स्टारकी जज समेत हुन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका