सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ – Samacharpati Samacharpati सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ

सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ

सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ

जनकपुरधाम, १० माघ । सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्र रहेका छन् । मिश्रलाई कविलासी नगरपालिका-१० चमेलीमाइबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिनुभएकाे छ ।

मिश्रको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । यस्तै, धनुषाको जनकपुरधाम उप-महानगरपालिका-१९ बाउन्न बिघास्थित बाटोबाट लक्ष्मीनियाँ गाउँपालिका-१ सोहनीका १९ वर्षीय विवेक यादव पनि पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा यादवको शरीर खानतलासी गर्दा २ थान नलकटुवा पेस्तोल फेला परेको धनुषका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएकाे छ ।

यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखी हातहतियार मुद्दा शीर्षकमा म्याद थप गराई अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका