पाेखरा, ९ माघ । जिल्ला कास्की पोखरा महानगरपालिका १८ सेदीमा रहेको होटल चारगोलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ४३ वर्षिय ईश्वर गुरुङ पोखरा महानगरपालिका १८ सेदीमा रहेको होटल चारगोल को कोठा नं १०२ मा बसेका गुरुङ बिहान अबेरसम्म नउठेपछि होटल संचालक गई काेठामा हेर्दा मृत अवस्थामा भेटिएका हुन् ।
गुरुङ मृत अवस्थामा देखेपछि होटल संचालकले प्रहरीलाइ खबर गरेका हुन् । खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई
घटनाका विषयमा अनुसन्धान गरिरहेकाे छ ।