नवलपरासी,९ माघ । कावासोती नगरपालिका ८ खरकट्टा जंगलस्थित पूर्व पश्चिम राजमार्गमा आज लागूऔषध सहित २ जना युवक पक्राउ परेका छन् ।
कावासोतीकाे खरकट्टा जंगलस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ध १ प ५६९१ नं को मोटरसाइकललाई प्रहरीकाे चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा नुर्फिन १०० एम्पुल, डाईजेपाम १०० एम्पुल र फेनरागन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागु औषध सहित ति युवकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
पक्राउ पर्नेमा बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका २ बस्ने २२ वर्षिय मोटरसाइकल चालक संगम बस्याल र बाग्लुङ काठेखोला गाउँपालिका १ बस्ने २२ वर्षिय जीवन के सी रहेका छन् ।
घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।