गण्डकी प्रदेशका २६ जनामा कोरोना संक्रमण,कास्कीका दुई पालिकामा खोरेत रोगको प्रकोप ,उपत्यकाका ९ ठाउँबाट दाहाल–नेपाल समूहको जुलुस – Samacharpati Samacharpati गण्डकी प्रदेशका २६ जनामा कोरोना संक्रमण,कास्कीका दुई पालिकामा खोरेत रोगको प्रकोप ,उपत्यकाका ९ ठाउँबाट दाहाल–नेपाल समूहको जुलुस – Samacharpati
Samacharpati
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशका २६ जनामा कोरोना संक्रमण,कास्कीका दुई पालिकामा खोरेत रोगको प्रकोप ,उपत्यकाका ९ ठाउँबाट दाहाल–नेपाल समूहको जुलुस

गण्डकी प्रदेशका २६ जनामा कोरोना संक्रमण,कास्कीका दुई पालिकामा खोरेत रोगको प्रकोप ,उपत्यकाका ९ ठाउँबाट दाहाल–नेपाल समूहको जुलुस

गण्डकी प्रदेशका २६ जनामा कोरोना संक्रमण,कास्कीका दुई पालिकामा खोरेत रोगको प्रकोप ,उपत्यकाका ९ ठाउँबाट दाहाल–नेपाल समूहको जुलुस

पोखरामा २४ जनासहित गण्डकी प्रदेशका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष तथा १ महिला, २ का १ पुरुष, ४ का १ पुरुष, ५ का २ पुरुष, ६ का १ महिला, ८ का २ पुरुष, ९ का १ पुरुष, १० का १ पुरुष, १२ का १ पुरुष, १४ का २ महिला, १५ का १ पुरुष तथा १ महिला, १६ का १ पुरुष, १७ का १ पुरुष तथा १ महिला, २७ का १ पुरुष तथा १ महिला, ३२ का १ पुरुष तथा २ महिला रहेका छन् ।त्यस्तै पर्वत जिल्ला कुश्मा नगरपालिकाका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या १५ हजार २ सय ९९ सय पुगेको जानकारी निर्देशनालयले दिएको छ ।

पोखरा महानगरपालिका र माछापुच्छ«े गाउँपालिकामा पशुमा लाग्ने सरुवा खोरेत रोगको प्रकोप देखिएको छ । गत पुस अन्तिम साता पोखरा–८ को एक पशु फार्ममा पहिलोपटक रोग देखिएकामा अहिले फैलिँदै गएर दुई पालिकाका १७ पशु तथा कृषि फार्ममा पालिएका ९४ पशु सङ्क्रमित बन्न पुगेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ ।पोखरामा–१५ र माछापुच्छको वडा नं ३ र ४ मा एक÷एक फार्ममा रोग पुष्टि भएको छ । रोगका कारण अहिलेसम्म दुई पशु चौपाया मरेको बताइन्छ । सरुवा रोग खोरेत देखिएपछि पशु बिरामी हुने र उत्पादन घट्दै गएपछि कृषक चिन्तित बनेका छन् । खोरेत महामारीको सम्भावित जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले संयुक्तरूपमा रोकथाम र नियन्त्रणका लागि खोरेतविरुद्ध भ्याक्सिन लगाउने र जैविक सुरक्षाका कार्यहरु अघि बढाएको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा शोभा शर्माले बताए ।रोग नियन्त्रणका लागि कृषि तथा पशुपक्षी मन्त्रालय मातहतको पशु सेवा विभाग, केन्द्रीय भेटेरेनरी प्रयोगशाला, विज्ञ केन्द्र तथा महानगर पशु सेवा महाशाखाबाट पशु चिकित्सक तथा विज्ञ प्राविधिकको टोलीले रोग फैलिएको क्षेत्रमा अनुसन्धान तथा रोकथाम, नियन्त्रणको काम गरिरहेको उनको भनाइ छ ।पोखरा महानगरपालिका पशु महाशाखाका अनुसार महानगरको वडा नं ७, १४, २६, २७ र वडा नं ५ का १५ पशु फार्म तथा गोठमा खोरेत रोग देखापरेको अहिलेसम्म पुष्टि भएको छ । रोग नियन्त्रण र रोकथामका लागि सबै वडामा पशु प्राविधिक परिचालित भएको र निःशुल्क खोप लगाउने तथा रोग लागेको पशुलाइ निःरोगी पशुबाट टाढा राख्ने, जैविक सुरक्षा र सरसफाइका कार्य भइरहेको महाशाखा प्रमुख नवराज अधिकारीले बताए ।प्रकोप नियन्त्रणका लागि रोग देखिएको क्षेत्रमा विभिन्न ३२ टोली बनाएर भ्याक्सिन लगाउने, जैविक सुरक्षाका उपाय चुना, भिरकोन, फिनेल छर्ने र सरसफाइ गर्ने कार्य भइरहेको जानकारी दिँदै उहाँले हालसम्म १२ हजार ३५० पशुमा भ्याक्सिन लगाइएको जानकारी दिनुभयो ।यसैगरी जिल्लामा अहिले पशुमा कृत्रिम गर्भाधान सेवासमेत स्थगन गरिएको छ । कृत्रिम गर्भाधानकर्ता फार्म तथा गोठमा सेवा दिन जाँदा एक ठाउँबाट अर्को ठाउँमा अझ रोग फैलन सक्ने भएकाले गर्भाधान सेवा केही समयका लागि स्थगन गरिएको भेटेरेनरी अस्पतालले जनाएको छ । खोरेत लागेपछि पशु झोक्राउने, मुखबाट र्याल काढिरहने, खुट्टा पाक्ने, दूध घटाउँदै जाने, घाँसदाना नखानेलगायतका लक्षण देखिने गरेको कृषकले बताएका छन् ।

नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । पार्टीका नेता–कार्यकर्ता उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका छन् । सबै र्‍यालीका सहभागीहरू नगर परिक्रमा गर्दै भृकुटीमण्डपमा भेला भएपछि विरोधसभा गर्ने तयारी छ । विरोधसभा अंग्रेजी अक्षर ‘टी’ आकारमा सञ्चालन गरिने जनाइएको छ । जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले भोलि ९माघ १०० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको छ ।कार्यक्रम तालिकाअनुसार माघ १० गते बिहान ८ः०० बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यस्तै माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिने छ ।सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका