पाेखरा, ९ माघ । गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २०३ पुगेकाे छ । कास्की पाेखरा महानगरपालिका -१ की २५ वर्षिय काेराेना संक्रमित महिलाकाे माघ ७ रातिकाे समयमा पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
उहाँलाइ माघ ५ मा काेराेना पुष्टि भएकाे थियाे । उहाँलाइ निमाेनिया, किड्नी , उच्चरक्तचाप सम्बन्धी स्वास्थ्य समस्या रहेकाे थियाे ।