माओवादी सशस्त्र द्वन्द्वमा भएका मानवअधिकार उल्लंघनमा घट्नामा आममाफी नहुने:-प्रदीप ज्ञवाली – Samacharpati Samacharpati माओवादी सशस्त्र द्वन्द्वमा भएका मानवअधिकार उल्लंघनमा घट्नामा आममाफी नहुने:-प्रदीप ज्ञवाली – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • माओवादी सशस्त्र द्वन्द्वमा भएका मानवअधिकार उल्लंघनमा घट्नामा आममाफी नहुने:-प्रदीप ज्ञवाली

माओवादी सशस्त्र द्वन्द्वमा भएका मानवअधिकार उल्लंघनमा घट्नामा आममाफी नहुने:-प्रदीप ज्ञवाली

माओवादी सशस्त्र द्वन्द्वमा भएका मानवअधिकार उल्लंघनमा घट्नामा आममाफी नहुने:-प्रदीप ज्ञवाली

काठमाडौं, ९ माघ । नेपालको मानव अधिकारको पछिल्लो अवस्थाबारे जेनेभामा छलफल भएको छ । बिहीबार भएको तेस्रो आवधिक समीक्षामा विभिन्न मुलुकहरुले नेपालमा संक्रमणकालीन न्यायमा भएको ढिलाइ, प्रेस स्वतन्त्रतालाई सीमित पार्ने गरी ल्याइएको विधेयक र राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तताको विषयलाई प्राथमिकताका साथ उठाएका छन् ।

भर्चुअल बैठकमा अमेरिका, बेलायत, युरोपियन युनियनमा आबद्ध मुलुकहरू, कोरिया लगायतकाले संक्रमणकालीन न्यायको विषय उठाएका थिए ।

९८ मुलुकका प्रतिनिधिहरू सहभागी सो बैठकमा दक्षिण एसियालीसहित अन्य साना मुलुकले भने यी विषय उठान गरेनन् । एसियाली देशहरूले भने संक्रमणकालीन न्यायको विषय उठाएनन्, बरु अन्य समग्र मानव अधिकारको विषय उठाए ।

सो बैठकलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले माओवादी सशस्त्र द्वन्द्वमा भएका गम्भीर मानवअधिकार उल्लंघनमा घट्नामा आममाफी नहुने दोहोर्याउनुभयाे ।

उहाँले शान्ति सम्झौता, सर्वाेच्च अदालतको आदेश, नेपालको अन्तरराष्ट्रिय प्रतिवद्धता र पीडितको चासो अनुसार संक्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका