सिमकोट र नाम्खा गाउँपालिकाका २५७ जनाले लगाउने भए कोभ्याक्स खोप – Samacharpati Samacharpati सिमकोट र नाम्खा गाउँपालिकाका २५७ जनाले लगाउने भए कोभ्याक्स खोप – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • सिमकोट र नाम्खा गाउँपालिकाका २५७ जनाले लगाउने भए कोभ्याक्स खोप

सिमकोट र नाम्खा गाउँपालिकाका २५७ जनाले लगाउने भए कोभ्याक्स खोप

सिमकोट र नाम्खा गाउँपालिकाका २५७ जनाले लगाउने भए कोभ्याक्स खोप

कर्णबहादुर रोकाया, हुम्ला, ९ माघ । भारतबाट अनुदानमा प्राप्त कोभिड १९ को भ्याक्सिनको खोप सिमकोट र नाम्खा गाउँपालिका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्य सेवा कार्यालयका कर्मचारी सहित २५७ जनाले खोप लगाउने भएका छन् ।

भारत सरकारले नेपाललाई उपलब्ध गराएको दश लाख डोज खोपको पहिलो खेपमा सिमकोट गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगी गरी ६८ जना, सिमकोट गाउँपलिकाका महिला स्वास्थ्य स्वयमसेवीका ४६ जना र स्वास्थ्य सेवा कार्यालय हुम्लाका स्वास्थ्यकर्मी तथा कर्मचारी ५५ जना गरी १५७ जनालाई पहिलो खेपको कोभिड–१९
विरुद्धको खोप लगाइने जानकारी सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दानबहादुर वोहराले दिनुभएको छ ।

स्वास्थ्य तथा कार्यालयको कामको लागि अग्रपङ्गतीमा काम गर्ने भएकाले पनि पहिलो खेपमा कोरोनाको भ्याक्सिन कोभ्याक्सको खोप दिन तयारी भएको जानकारी भए अनुसार अभिलेख तयार गरेर सम्बन्धीत माथिल्लो तहमा पठाइएको छ ।

यसै गरी नाम्खा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयम सेवीका तथा अन्य कर्मचारीहरु एक सय जनालाई पनि कोभिड १९ विरुद्धको खोप लगाउनका लागि नाम रजिष्टर गरिएको नाम्खा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नयन भण्डारी बताउनुभएको छ ।

नाम्खा र सिमकोट गाउँपालिकाका २५७ जना स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयमसेवीकाले यो खोप लगाउन पाउने गरी नाम रजिष्टर गर्नुका साथै मन्जुरीनामा पत्रमा पनि हस्ताक्षर गरेका छन् ।

हुम्लामा खोप उपलब्ध हुना साथ खोप लगाइने भएको छ । खोप लगाउने सबैले यो खोपबाट केही भएमा आफै जिम्मेवार हुनेछु भनेर मन्जुरीनामा समेत गर्नुपर्ने भए अनुसार सबैले मन्जुरीनामा समेत हस्ताक्षर गरेका छन् । यसका लागि शारीरिक र मानसिक रुपमा पनि तयार हुन लागि निर्देशन दिइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका