काठमान्डाैँ, ९ माघ । हाल उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशका पहाडी भू-भागमा आंशिक बदली रहने छ । भने बाँकि भू- भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने संभावना देखिन्छ । आज राती सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली तथा प्रदेश न १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्विनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।