कास्की काँग्रेसद्वारा आन्दोलनमा सहभागी सबैप्रति आभार व्यक्त – Samacharpati Samacharpati कास्की काँग्रेसद्वारा आन्दोलनमा सहभागी सबैप्रति आभार व्यक्त – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • कास्की काँग्रेसद्वारा आन्दोलनमा सहभागी सबैप्रति आभार व्यक्त

कास्की काँग्रेसद्वारा आन्दोलनमा सहभागी सबैप्रति आभार व्यक्त

कास्की काँग्रेसद्वारा आन्दोलनमा सहभागी सबैप्रति आभार व्यक्त

पोखरा, ८ माघ । संसद विघटन विरुद्व नेपाली काँग्रेसले बिहिबार देशभर प्रदर्शन गरेको छ । काँग्रेसले सात सय ५३ गाउँपालिकाका ६ हजार सात सय ४३ वडामा प्रदर्शन गरेको हो ।

कास्कीमा पनि ७२ वटा वडामा व्यापक जनसहभागितामा प्रदर्शन गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयाे ।

यसैबीच नेपाली काँग्रेस कास्कीले बिहिबार विज्ञप्ति प्रकाशित गरी संसद विघटन विरुद्वको चरणवद्व आन्दोलनमा सहभागी हुने सबैप्रति आभार व्यक्त गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी कास्कीमा भएका सबै आन्दोलनमा उल्लेख्य सहभागिता रहेको जनाउँदै सबैप्रति आभार व्यक्त गर्नुभएकाे हाे ।

विज्ञप्तिमा पार्टीका आगामि गतिविधिमा पनि सबैको सक्रिय सहभागिता अपेक्षा गरिएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको पुस १९ गतेको बैठकले पुस २५, माघ ३ र माघ ८ गतेका लागि आन्दोलन घोषणा गरेको थियो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका