काेराेना विरुद्धको खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले चाल्याे यस्ताे कदम – Samacharpati Samacharpati काेराेना विरुद्धको खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले चाल्याे यस्ताे कदम – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • काेराेना विरुद्धको खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले चाल्याे यस्ताे कदम

काेराेना विरुद्धको खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले चाल्याे यस्ताे कदम

काेराेना विरुद्धको खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले चाल्याे यस्ताे कदम

काठमाडौं, ८ माघ । नेपाल भित्रिने कोभिड-१९ विरुद्धको खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले  छरितो उपाय अबलम्बन गर्ने भएको छ ।

कुनै अवरोध र झन्झटविनै खोप भित्र्याउन सहजीकरण गर्ने गरी ११ बुँदे कार्ययोजना बनाएर कार्यन्वयन सुरु गरिएको विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिनुभएकाे छ ।

खोप आयात सहज र सरल बनाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा छुट्टै इकाइ (डेडिकेटेड युनिट) राखिएको र त्यसलाई समन्वय गर्ने गरी विभागमा तत्काल समस्या समाधान कार्यदल (र्‍यापिड रेस्पोन्स टिम) तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।

अनुमति प्राप्त कम्पनीबाट हुने खोपको आयातपूर्व नै कागजात उपलब्ध भए प्रि-अराइभल प्रोसेसिङ मिलाइने पनि विभागले जनाएको छ ।

सार्वजनिक विदाको दिनमा पनि प्राथमिकतासाथ खोपको जाँच पास गरिने, खोपको विषयमा कुनै अन्यौल देखिए तत्काल स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने र खोप आयात गर्दा ल्याइने कोल्ड चेन उपकरण, कन्टेनर तथा बक्साहरु पैठारीकर्ताले फिर्ता लैजान दिने व्यवस्था मिलाइने पनि विभागले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका