कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान तथा सामाग्री हस्तान्तरण कार्यक्रम – Samacharpati Samacharpati कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान तथा सामाग्री हस्तान्तरण कार्यक्रम – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान तथा सामाग्री हस्तान्तरण कार्यक्रम

कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान तथा सामाग्री हस्तान्तरण कार्यक्रम

कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान तथा सामाग्री हस्तान्तरण कार्यक्रम

पाेखरा, ८ माघ । कृषि विकास बैंकको ५४ औं वार्षिक उत्सवको अवसरमा बैंकमा क्रियाशिल दुई वटा कर्मचारी संगठन नेपाल वित्तिय संस्था कर्मचारी संघ र कृषि विकास वैंक कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा पोखरा विन्ध्यवासिनी मन्दिरमा Water Dispenser Machine(शुद्ध पिउने पानीको लागि मेसिन) तथा कृषि विकास बैंक,पोखराको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा विन्ध्यवासिनीमा विहान ८ बजे भएको Water Dispenser Machine वितरण कार्यक्रमको अध्यक्षता कर्मचारी संगठन नेपालका अध्यक्ष भेषराज घिमिरेले गर्नुभएकाे थियाे भने कार्यक्रमको बारेमा नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष
बद्रिनारायण पौडेलले प्रकाश पर्नुभएकाे थियाे ।

मन्दिर व्यवस्थापनको तर्फबाट तिर्थ श्रेष्ठलाई प्रमुख अतिथि कृषि विकास बैंकका निर्देशक रघुनाथ न्यौपानेले सामाग्री
हस्तान्तरण गर्नुभएकाे थियाे भने कार्यक्रम राजेन्द्र सुवेदीले सञ्चालन गर्नुभएकाे थियाे ।

त्यस्तै युनियनहरुद्धारा संयुक्तरुपमा आयोजित खुल्ला रक्तदान कार्यक्रमको अध्यक्षता दुवै युनियनका अध्यक्ष भेषराज घिमिरे एवं वद्रिनारायण पौडेलले संयुक्त रुपमा गर्नुभएकाे थियाे । कार्यक्रम संचालन कृषि विकास वैंक लि कर्मचारी संगठनका
सह–संयोजक सन्तोष थापाले गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य राजेन्द्र सुवेदीले दिनुभएकाे थियाे ।

उक्त कार्यक्रममा ५४ युनिट रगत संकलन भएको थियो । कार्यक्रममा विशेष अतिथि मुख्य शाखा प्रबन्धक माधव रिजाल, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे तथा प्रमुख अतिथि निर्देशक रघुनाथ न्यौपानेले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका