काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनलाई राष्ट्रपतिले सच्याउनुपर्ने बताउनुभएकाे छ ।संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा उहाँले राष्ट्रपतिले अनाधिकृत शक्तिको प्रयोग गरेकाले उहाँले सच्याउनुपर्ने बताउनुभयाे ।
‘उहाँले विज्ञप्ति फिर्ता लिनुपर्छ,’ अर्यालले भन्नुभयाे, ‘तत्कालीन राजा ज्ञानेन्द्रले पनि जनताको नासो जनतालाई फिर्ता गर्नु भएको थियो । राष्ट्रपतिले पनि गल्ती स्वीकार गरेर फिर्ता गर्नुपर्छ ।’
उहाँले प्रतिनिधिसभाका सभामुख र सांसदले संसद विघटनको सूचनालाई कानुनी प्रभावशून्य घोषणा पनि गर्न सक्ने उहाँले बताउनुभयाे ।
‘अधिवेशन नबसेको अवधि छ महिना पुगिसकेको हुँदा प्रतिनिधि सभालाई स्वयं क्रियाशील गराउने उपाय अपनाउने र प्रतिनिधि सभाको अधिवेशनबाटै त्यस्तो उपायलाई अनुमोदन गराउने’ उहाँले भन्नुभयाे ।
यसअघि २०५२ सालमा मनमोहन अधिकारीले गरेको संसद विघटनलाई अदालतले बदर गरेपछि सभामुखको जाहेरी बमोजिम संसद बोलाएको नजिर अधिवक्ता अर्यालले पेश गर्नुभयाे ।