कोभिड १९ विरुद्धको खोप बोकेर एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आइपुग्याे – Samacharpati Samacharpati कोभिड १९ विरुद्धको खोप बोकेर एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आइपुग्याे – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • कोभिड १९ विरुद्धको खोप बोकेर एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आइपुग्याे

कोभिड १९ विरुद्धको खोप बोकेर एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आइपुग्याे

कोभिड १९ विरुद्धको खोप बोकेर एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आइपुग्याे

काठमाडौं, ८ माघ । भारतले अनुदानमा दिने १० लाख डोजको कोभिड १९ विरुद्धको खोप बोकेर एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आइपुगेको छ ।

केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो ।

उक्त खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । नगर प्रहरीले स्कर्टिङ गरी खोप टेकुसम्म पुर्याउने छ । त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

source:ganthan

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका