हुम्लामा हावाहुरी जनजीवन प्रभावित हवाई सेवा बन्द – Samacharpati Samacharpati हुम्लामा हावाहुरी जनजीवन प्रभावित हवाई सेवा बन्द – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • हुम्लामा हावाहुरी जनजीवन प्रभावित हवाई सेवा बन्द

हुम्लामा हावाहुरी जनजीवन प्रभावित हवाई सेवा बन्द

हुम्लामा हावाहुरी जनजीवन प्रभावित हवाई सेवा बन्द

कर्णबहादुर रोकाया,  हुम्ला, ८ माघ । रात्तीदेखि शुरु भएको हावाहुरीले गर्दा सिमकोट लगायत हुम्लाको जनजीवन प्रभावित भएको छ । यसको प्रत्यक्ष असरले गर्दा हुम्लामा हिजोदेखि हवाई सेवा समेत प्रभावित भएको छ । रात्तीदेखि लागेको हावाहुरीका कारण जाडो बढ्दा वरपर जान समस्या देखिएको छ ।

हावाहुरीले पशुवस्तु तथा मेलापात जान गाह्रो भएको खार्पुनाथ गाउँपालिकाका वडा नं ४ माँजा गाउँका गोलुक शाहीले फोनबाट जानकारी दिनुभएको छ ।

हावाहुरी चल्दा एकातिर गाउँघरको सामान्य काम र मेलापात गर्न गाह्रो भएको छ भने अर्कातिर वनपाखातिर रुख ढल्नाले पनि पशुवस्तु चरिचरनका लागि समस्या भएको छ ।

यो वर्ष हालसम्म ठूलो हिमपात नभएका कारण यो हावाहुरीले गाउँघरमा आगलागी पनि डर भएको छ । हिउँदको समयमा पटक पटक यस्तो हावाहुरी चल्ने भएका पनि यो वर्ष अहिलेसम्मकै ठूलो हावाहुरी भएकाले पनि जो जहाँ छन् । त्यही हावाहुरी बन्द हुँदासम्म सुरक्षित बस्नका लागि स्थानीय प्रशासनले आग्रह समेत गरेको छ ।

तराई र हिमालको मौसम राम्रो नहुँदा दुई दिनदेखि हवाई सेवा समेत बन्द भएको छ । हावाहुरीको बाक्लो धुलोले गर्दा हिंडहुलमा समेत समस्या भएको सिमकोट बजारका पसले लक्ष्मी रोकायाले बताउनुभएको छ ।

हावाहुरीका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ । यसबाट सबैले समयमै सचेत र सुरक्षित रहन आवश्यक देखिन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका