प्रदेश साँसद रिता माझीले दिईन प्रदेश सभाको अन्तिम अबिधेशनको शुभकामना – Samacharpati Samacharpati प्रदेश साँसद रिता माझीले दिईन प्रदेश सभाको अन्तिम अबिधेशनको शुभकामना – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • प्रदेश साँसद रिता माझीले दिईन प्रदेश सभाको अन्तिम अबिधेशनको शुभकामना

प्रदेश साँसद रिता माझीले दिईन प्रदेश सभाको अन्तिम अबिधेशनको शुभकामना

प्रदेश साँसद रिता माझीले दिईन प्रदेश सभाको अन्तिम अबिधेशनको शुभकामना

हेटौंडा, ८ माघ । हिजाे बसेको बागमती प्रदेश सभामा बौल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीले मुलुकको आर्थिक समृद्धि चाहने हो भने धान्नै नसक्ने प्रदेश खारेज गरि यो अधिबेशनलाई अन्तिम अधिबेशन बनाउन शुभकामना दिनुभएकाे छ ।

सभामा बोल्दै साँसद माझीले गरिव, भोका, कोरोनाबाट पिडित जनताका लागि नभई पद, प्रतिष्ठा र कुर्सीको लागि राजनीतिक माहोल तातिनु राम्रो नभएको यसले अस्थिरता ल्याउने जिकिर गर्नुभयाे ।

साँसद माझीले अहिलेको व्यवस्था सफल नभएको फेल भएको वताउँदै अवको विकल्प निरन्तरता सहितको परिवर्तनलाई संस्थागत गर्नुको विकल्प नभएको र सोको लागि संवैधानिक राजसंस्था रहेको वताउनुभयाे ।

साँसद माझीले देशले धान्नै नसक्ने संघीयता खारेज गरी निर्वाचनको विकल्पमा जानु पर्ने वताउनुभयाे । बैठकमा डोरमणी पौडेल, इन्द्र बानिया, अष्टलक्ष्मी शाक्य, रमेश पौडेल, रिना गुरुङ्ग,सुरेन्द्र राज गोसाईले शुभकामना राख्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका