पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता लिन(वी पी)काे माग – Samacharpati Samacharpati पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता लिन(वी पी)काे माग – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता लिन(वी पी)काे माग

पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता लिन(वी पी)काे माग

पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता लिन(वी पी)काे माग

काठमाडौँ, ७ माघ । नेपाली काँग्रेस (वी पी) निकट विद्यार्थी नेपाल विद्यार्थी संघ (वी पी) ले पेट्रोलियम पदार्थमा गत सोमबार मध्यरातिबाट लागु हुने गरि गरिएको मुल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।

आज नेविसंघ (वी पी) का महामन्त्री विकास पाण्डेद्वारा विज्ञप्ति जारि गर्दै नेपाल आयल निगमले विभिन्न कोषमा लिदै आएको ५३५ करको हिसाब सार्वजनिक गर्न तथा पटकपटक आम नागरिकको ढाड सक्ने गरि गरिएको पेट्रोलियम पदार्थको मुल्य वृद्धि नियन्त्रण गर्न एवं पेट्रोलियम पदार्थ मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक अन्य खारेज माग गर्दै उसले पटकपटक ज्ञापनपत्र बुझाएको तथा आयल निगमको केन्द्रिय कार्यलयमा तालाबन्दी गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ । त्यस यता पनि नेपाल आयल निगमले हामो मागलाई वेवास्ता गरि पटकपटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण हुदैँ आएको तथा पछिल्लो समय सरकारले कोरोना (कोभिड-१९) को कारण जनतालाई लामो समय बन्दाबन्दीको अवस्थामा राख्दा आम जनता तथा देश आर्थिक समस्यामा परेको समयमा सरकार संचालक दल नेकपाको आन्तरिक किचलोले प्रतिनिधि सभा विघटन गरि निर्वाचनको मिति घोषणा गरीएको, निर्वाचनको समयमा स्वतरुपमा दैनिक उपभोग्य वस्तुको भाउ व्यापारीहरुले बढाउने गरेका उसले आरोप लगाउदै त्यसलाई प्रशय हुने गरि गत सोमबार रातिबाट लागु हुने गरि पेट्रोल, डिजेल र मट्टीतेल मा २र२ रुपयाँ मुल्य वृद्धि गरिएकोले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

नेविसंघ (वी पी) ले नेपाल आयल निगमले लिदै आएका अन्य कर खारेज गरि मुल्य अभिवृद्धि कर (भ्याट) मात्र लिगी पछिल्लो पटक गरिएका पेट्रोलियम पदार्थको मुल्य वृद्धि तत्काल फिर्ता लिग्न माग गर्दै नेपाल आयल निगमको केन्द्रिय कार्यालयको गेटमा आज बाट धर्ना बस्न बाध्य बस्ने भनिएकोका नेपाल आयल निगमका प्रमुख सुरेन्द्रकुमार पौडेल बाहिर रहेकोले कार्यक्रम स्थकित गरि प्रमुख आए पछि कार्यक्रम हुने जानकारी दिएको छ ।

नेविसंघ (वी पी) को मागलाई सुनाई नगरीए कडा भन्दा कडा आन्दोलनका कदम चाल्न बाध्य र त्यस अवस्थाको जिम्मेवार नेपाल सरकार र सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम स्वयम हुने चेतावनी पनि (वी पी)ले दिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका