संसद विघटनको निर्णयले संवैधानिक ‘कु’भयो, सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक – Samacharpati Samacharpati संसद विघटनको निर्णयले संवैधानिक ‘कु’भयो, सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • संसद विघटनको निर्णयले संवैधानिक ‘कु’भयो, सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक

संसद विघटनको निर्णयले संवैधानिक ‘कु’भयो, सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक

संसद विघटनको निर्णयले संवैधानिक ‘कु’भयो, सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक

ताजा जनादेश उपयुक्त :- कमल थापा

काठमाडौं, ७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक रहेको टिप्पणी गर्नुभएकाे छ । अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनको निर्णयले प्रतिगमन भएको बताउनुभएकाे छ ।

अध्यक्ष थापाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै प्रतिगमन भयो, संवैधानिक ‘कु’भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक रहेको बताउनुभएकाे छ ।

अध्यक्ष थापाले विगत १४ बर्षको राजनीतिक अभ्यास, संविधानभित्रको अन्तर्विरोध, भ्रष्टाचार र कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्न चिन्ह उठेको र यस्तो अवस्थामा ताजा जनादेश उपयुक्त रहेको बताउनुभएकाे छ ।

अध्यक्ष थापाले लेख्नुभएकाे छ, “प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक छ, तर विघटनको निर्णयले प्रतिगमन भयो, संवैधानिक ‘कु’भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ । बरु विगत १४ बर्षको राजनीतिक अभ्यास,संविधानभित्रको अन्तर्विरोध,भ्रष्टाचाररकुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठेकोछ । यस्तो अवस्थामा ताजा जनादेश उपयुक्त हुन्छ ।”

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका