भारत सरकारद्धारा १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाललाई अनुदान – Samacharpati Samacharpati भारत सरकारद्धारा १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाललाई अनुदान – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • भारत सरकारद्धारा १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाललाई अनुदान

भारत सरकारद्धारा १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाललाई अनुदान

भारत सरकारद्धारा १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाललाई अनुदान

काठमाडौं, ७ माघ। भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिनुभएकाे हाे ।

अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उहाँले बताउनुभयाे । पहिलो चरणमा खोप स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताउनुभयाे ।

उहाँले खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद दिदै मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताउनुभएकाे छ ।

‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ’ उहाँले भन्नुभयाे ।

उहाँले नेपालले खोप खरिदको पनि तयारी गरिरहेको र त्यसका लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको दावी समेत गर्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका