गण्डकीका कोरोना पीडित व्यवसायीलाई शुन्य ब्याजमा ऋण,भारतले नेपाललाई अनुदानमा कोरोनाको खोप,प्रदेश १ अधिवेशनमा नेकपाको झगडाले दलका नेता बोल्न नपाउने – Samacharpati Samacharpati गण्डकीका कोरोना पीडित व्यवसायीलाई शुन्य ब्याजमा ऋण,भारतले नेपाललाई अनुदानमा कोरोनाको खोप,प्रदेश १ अधिवेशनमा नेकपाको झगडाले दलका नेता बोल्न नपाउने – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • गण्डकीका कोरोना पीडित व्यवसायीलाई शुन्य ब्याजमा ऋण,भारतले नेपाललाई अनुदानमा कोरोनाको खोप,प्रदेश १ अधिवेशनमा नेकपाको झगडाले दलका नेता बोल्न नपाउने

गण्डकीका कोरोना पीडित व्यवसायीलाई शुन्य ब्याजमा ऋण,भारतले नेपाललाई अनुदानमा कोरोनाको खोप,प्रदेश १ अधिवेशनमा नेकपाको झगडाले दलका नेता बोल्न नपाउने

गण्डकीका कोरोना पीडित व्यवसायीलाई शुन्य ब्याजमा ऋण,भारतले नेपाललाई अनुदानमा कोरोनाको खोप,प्रदेश १ अधिवेशनमा नेकपाको झगडाले दलका नेता बोल्न नपाउने

विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ का कारण थला परेका साना तथा मझौला उद्योगलाई पुनःस्थापित गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।कोरोना पीडित व्यवसायीलाई राहतस्वरुप तीन वर्षे अवधिका लागि ५० हजारदेखि १५ लाखसम्म शून्य ब्याजमा ऋण उपलब्ध गराउने भएको हो । प्रदेश सरकारले त्यसका लागि रु एक अर्बको कोष स्थापना समेत गरेको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव इन्दु घिमिरे र नेपाल राष्ट्र बैंक पोखरा शाखाका प्रमुख ईश्वरीप्रसाद भट्टराईले कार्यक्रम सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरे ।शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोनाको कारण थला परेका पर्यटन, सार्वजनिक यातायातलगायतका व्यवसाय एवं साना तथा मझौला उद्योगको संरक्षणका लागि कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले बोल्न नपाउने भएका छन् ।नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको हो ।हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ ।बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइने छ । त्यसपछि आजको बैठक स्थगित हुने छ । अर्को बैठकको मिति सभामुखले तोक्ने छन् ।नेकपाको विभाजनपछि बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने योजना ओली समूहले बनाएको थियो । यसैगरी प्रचण्ड–माधव पक्षले राईलाई संसदीय दलको नेताबाट हटाइसकेको भन्दै उनलाई बोल्न नदिने रणनीति बनाएको थियो ।प्रदेशसभामा मुठभेडको स्थिति आउनसक्ने आँकलन गर्दै मर्यादापालकको संख्या बढाइएको थियो ।0nline khabar

भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।भारतको बाह्य मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी छिमेकीहरु भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको जनाउँदै आजैदेखि नेपाल, भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई खोप उपलब्ध गराउने बताएको छ ।अफगानिस्तान, श्रीलङ्का र मरिसस्बाट भने खोपको स्पष्ट आवश्यकता सम्बन्धी जानकारी प्राप्त नभएकाले ती देशमा आवश्यकता अनुसार पछि उपलब्ध गराइने जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका