रुपन्देहीमा ३५ वर्षिय एक युवकको जलाएर हत्या – Samacharpati Samacharpati रुपन्देहीमा ३५ वर्षिय एक युवकको जलाएर हत्या – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन १६, २०७७
  • होमपेज
  • रुपन्देहीमा ३५ वर्षिय एक युवकको जलाएर हत्या

रुपन्देहीमा ३५ वर्षिय एक युवकको जलाएर हत्या

रुपन्देहीमा ३५ वर्षिय एक युवकको जलाएर हत्या

बुटवल, ७ माघ। रुपन्देहीको मर्चवारमा ३५ वर्षिय एक युवकको जलाएर हत्या भएको छ । हत्या गरिएका युवककाे सनाखत  भने  हुन सकेको छैन ।

मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताउनुभएकाे छ ।

घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रवक्ता थापाले बताउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका