पाेखरा, ७ माघ । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १५२६० पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा १७ जना काेराेना संक्रमित थपिएका छन् ।
थपिने काेराेना संक्रमित तनहुँ शुक्लागण्डकी , व्यास, भानुका ९ जना, बाग्लुङका २ जना, कास्कीका ५ जना, पर्वतका १ जना गरी १७ जना रहेका छन् । थपिने संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।
लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १९ जना काेराेना संक्रमित थपिएका छन् ।
थपिने संक्रमित पाेखरा महानगरपालिकाका १८ जना, तनहुँका १ जना गरी १९ जना रहेका छन् । सबै संक्रमित लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षण मार्फत पहिचान भएका हुन् । थपिने संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।