पाेखरा, ७ माघ । कास्की पोखरा महानगरपालिकाबाट नं १७ हिमचुली मार्गबाट साेमबार २७ वर्षिय बिशाल राना मगर र २९ वर्षिय मिन रानाभाट लाइ लागुऔषध सहित प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं १७ घर भएका जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १७ बस्दै आएका बिशाल राना मगर जिल्ला बर्दिया ठकुरद्वार नगरपालिका वडा नं ०८ घर भएका मिन रानाभाटलाइ प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं १७ हिमचुली मार्ग बाट लागूऔषध र नगद सहित पक्राउ गरेकाे हाे ।
उनिहरूकाे कोठाबाट डाईजापाम १० थाना एम्पुल, फेनरागन १० थाना एम्पुल, नुफ्रिनुर १० थाना एम्पुल गरी जम्मा ३० थाना एम्पुल, लागूऔषध मोवाईल २(दुई) वटा रु १८,००० (अठार हजार) नगद फेलापारी प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
उलिहरूलाइ लागुऔषध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धानको कार्य अगाडी बढाइएकाे छ ।