सूचनाको हकका लागि पोखरा ८ वडा संजालमा सागर कार्की – Samacharpati Samacharpati सूचनाको हकका लागि पोखरा ८ वडा संजालमा सागर कार्की – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन २४, २०७७

हालको खबर

  • होमपेज
  • सूचनाको हकका लागि पोखरा ८ वडा संजालमा सागर कार्की

सूचनाको हकका लागि पोखरा ८ वडा संजालमा सागर कार्की

सूचनाको हकका लागि पोखरा ८ वडा संजालमा सागर कार्की

पोखरा, ७ माघ । सूचनाको हककालागि राष्ट्रिय संजाल नेपाल पोखरा महानगरको आयोजनामा मंगलबार पोखरा ८ स्तरिय वडा भेलाले सागर कार्कीको संयोजकत्वमा ९ सदस्यीय वडा संजाल गठन गरेको छ ।

वडा संजालको सहसंयोजकमा विश्वप्रकाश वराल सदस्य सचिवमा सुनिता लामिछाने र सदस्यहरुमा राजकुमार गिरी, अमित जोशी, सुनिल पोख्रेल, वलराम गिरी, विनोद भण्डारी र राजु कुँवर सर्वसम्मत चयन भएका छन् ।

भेलाका प्रमुख अतिथि पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ वरालले कार्यक्रमको उद्घाटन गर्दै सूचना अभियान्ताहरुलाई जनप्रतिनिधिहरुले आफ्ना विरोधीको रुपमा नलिई सहयोगीको रुपमा लिनु पर्ने वताएका थिए ।

कार्यक्रममा वडा सचिव सविता ढुंगानाले आफुले सूचनाको हकको वारेमा चासो दिने गरेकोले सूचना माग्न आउने कुनै पनि नागरिकलाई छिटोभन्दा छिटो उपलब्ध गराउने गरेको अनुभव वताउनुभएकाे थियाे।

संजाल गठनको लागि महानगर संजालका मिडिया संयोजक कृष्ण बहादुर रानाभाटले सहजीकरण गरेका थिए भने सहसंयोजक कुलमाया क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

पोखरा महानगर संजालका संयोजक कृष्ण क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सदस्य सचिव रेशम खड्काले संचालन गर्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका