जलवायु परिवर्तनको सचेतना सम्बन्धी दुई दिने तालिम – Samacharpati Samacharpati जलवायु परिवर्तनको सचेतना सम्बन्धी दुई दिने तालिम – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • जलवायु परिवर्तनको सचेतना सम्बन्धी दुई दिने तालिम

जलवायु परिवर्तनको सचेतना सम्बन्धी दुई दिने तालिम

जलवायु परिवर्तनको सचेतना सम्बन्धी दुई दिने तालिम

कर्णबहादुर रोकाया, हुम्ला, ७ माघ । सर्केगाड गाउँपालिकाका स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि दुई दिने
जलवायु परिवर्तन र तत् सम्बन्धी रोकथाम तथा न्युनीकरणको बारेमा सेचतना जगाउने तालिम सम्पन्न भएको छ ।

सर्केगाड गाउँपालिकाका स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि जलावायु परिवर्तन सम्बन्धी तालिमको आयोजना सर्केगाड गाउँपालिकाको समन्वयमा महिला कल्याण सेवा गरेको छ ।

उक्त तालिममा सहभागितामूलक तरिकाले कार्य योजना बनाएर गाउँपालिका तथा प्रत्येक वडाले कार्यान्वन गर्ने प्रत्येक
प्रतिबद्धता सहित हस्ताक्षर गरेका गरिएको छ ।

यसलाई सैद्धान्तिकभन्दा पनि व्यवहारिक रुपमा गाउँघरमा सानाभन्दा साना कुरामा पनि जलवायुको परिवर्तनको असर र प्रभाव देखिन थालेकाले पनि सममयै सचेत हुनका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने स्वीकारोक्ती गर्नुपर्ने सर्केगाड गापा वडा नं ७का वडा अध्यक्ष कृष्णप्रसाद जैसीले बताउनुभयो ।

यो कार्यक्रमका लागि गरेकोमा किर्डाक नेपाल लगायत, महिला कल्याण सेवा, मिसन इष्ट र सर्केगाड गाउँपालिकाको समन्वय र सहजीकरण रहेको छ । यसलाई अझै ग्रामीणस्तरको तल्लो तहसम्म पुगाउनका लागि सबैले एकजुट भएर लाग्नु पर्ने
कुरामा सहभागीहरुको एकमत रहेको छ ।

आगामी दिनमा पनि सबै मिलेर यस्ता काममा हातेमालो गरेर बढ्नु पर्नेमा सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाको मत रहेको छ । उहाँले भन्नु भयो सबै मिलेर काम गरेको हामी कुनै पनि काममा सफल हुन्छौं । यसैले पनि सरकारी र गैरसकारी सबै क्षेत्रले स्थानीयस्तरको जनजीवन माथि उकास्न र सचेतना जगाउने काममा लाग्नु नै आजको आवश्यकता हो ।

जलवायु सम्बन्धी दुई दिने तालिमले स्थानीयस्तरमा योजना तर्जुमा, कार्यान्वयन तथा लागु गर्न गराउनका लागि सहयोगी हुने आशा गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका