अमर्यादित र गैरकानूनी तरिकाले परिक्षा सञ्चालन गर्ने पाेखराका ३ जना शिक्षक पक्राउ – Samacharpati Samacharpati अमर्यादित र गैरकानूनी तरिकाले परिक्षा सञ्चालन गर्ने पाेखराका ३ जना शिक्षक पक्राउ – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • अमर्यादित र गैरकानूनी तरिकाले परिक्षा सञ्चालन गर्ने पाेखराका ३ जना शिक्षक पक्राउ

अमर्यादित र गैरकानूनी तरिकाले परिक्षा सञ्चालन गर्ने पाेखराका ३ जना शिक्षक पक्राउ

अमर्यादित र गैरकानूनी तरिकाले परिक्षा सञ्चालन गर्ने पाेखराका  ३ जना शिक्षक पक्राउ

पाेखरा, ७ माघ । कास्की पोखरा महानगरपालिका वडा नं १ पुरानो टुँडिखेल स्थित रहेको राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका शिक्षकहरुले परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको कसूरमा उनिहरूलाइ पक्राउ गरिएकाे छ ।

राष्ट्रिय माध्यामिक विद्यालय एक छात्रालाई कक्षा ११ को ऐच्छिक अग्रेजी र शैक्षणिक बिधि विषयक परीक्षामा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र कानून बिपरितको कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकोले  आवश्यक अनुसन्धान गरी दोषीलाइ कारवाही काे माघ गरि राष्ट्रिय परीक्षा बोर्ड सानाठिमी, भक्तपुरको पत्र जाहेरी सहितको कागजात कार्यालयमा पठाइकाे थियाे ।

उक्त पत्र जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले राष्ट्रिय माध्यामिक विद्यालयका  ३ जना शिक्षकहरुलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्ने शिक्षकहरू कास्की पोखरा महानगरपालिका वडा नं १८ कास्कीकोट स्थायी घर भएका हाल पोखरा महानगरपालिका वडा नं १ बाघबजार बस्ने राष्ट्रिय माध्यामिक बिद्यालय, पोखरा महानगरपालिका वडा नं १ पुरानो टुँडिखेल कास्कीका प्रधानध्यापकको रुपमा कार्यरत बर्ष ४८ को सुर्य तिवारी , कास्की रुपा गाउँपालिका वडा नं ४ सिद्ध स्थायी घर भएका हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ११ फुलवारी बस्ने राष्ट्रिय माध्यामिक बिद्यालय, पोखरा महानगरपालिका वडा नं १ पुरानो टुँडिखेल कास्कीका शिक्षकको रुपमा कार्यरत बर्ष ४१ को घनश्याम रेग्मी , कास्की पोखरा महानगरपालिका वडा नं २० भलाम बस्ने राष्ट्रिय माध्यामिक बिद्यालय, पोखरा महानगरपालिका वडा नं १ पुरानो टुँडिखेल कास्कीका शिक्षकको रुपमा कार्यरत बर्ष ४० को शिरिष कुमार बस्ताकोटी रहेका छन् ।

पक्राउ गरीएका शिक्षकहरुलाई शिक्षा ऐन, सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी  कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान प्रकृयाअगाडी बढाईएको ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका