छुउँसा ओझेलमा परेको व्यापारीक स्थल – Samacharpati Samacharpati छुउँसा ओझेलमा परेको व्यापारीक स्थल – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • छुउँसा ओझेलमा परेको व्यापारीक स्थल

छुउँसा ओझेलमा परेको व्यापारीक स्थल

छुउँसा ओझेलमा परेको व्यापारीक स्थल

कर्णबहादुर रोकाया, हुम्ला, ६ माघ । करिब ३ दशकअगाडिसम्म व्यापारिक थलोका रुपमा विकास भएको छुउँसा हाल आएर खर्कहरुको नाम बाहेक अरुमा प्रयोग हुन सकेको छैन । यसका बारेमा न त सरकारले केहि खोजी नीति गरेको छ न त स्थानीयस्तरबाट केहि पहल भएको छ ।

चीनको विकासको चेपुवामा परेर झन् खण्डहर बन्दै गएको छ । प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक रुपमा मह्त्व बोकेको यो स्थलको समयमै उचित विकास र विस्तार गर्नु पर्ने देखिन्छ । यसलाई एकातिर व्यापारि थलोको रुपमा विकास गर्दै अर्कोतिर पर्यटनका लागि एकदमै सम्भाव्य गन्तव्यस्थलको रुपमा विकास गर्न सकिनेछ ।

यहाँ रक क्लाइविङ्ग, कायाकिङ्ग, –याफ्टीङ्ग, हर्ष राइडिङ्ग तथा पर्यटनका विभिन्न प्रकारका साहसिक र पर्या–पर्यटनका लागि स्वादहरुको आनन्द लिन सकिनेछ । यसबाट आम्दानीको स्रोत बढ्ने नाम्खा गाउँपालिका वडा नं ३ केर्मी गाउँका स्थानीय मंगल लामाले बताउनुभयो ।

विभिन्न हिमालको काखबाट साना साना पानीका झरनाहरु कलकल गरि बगिरहेका छन् भने काखैमा नावरका रस्तीवस्तीहरु, विचित्रका पहराहरु, अनेकौं प्रकारका अमुल्य जडिबुटीहरुको खुल्ला संग्राहालय हो । यहाँको शुद्ध, पवित्र तथा शीतल जलबाट हाइडेथेरापी, एरोमाथेरापी, मडथेरापी तथा इसेन्सथेरापीको प्रयोगबाट विभिन्न किसिमको रोगहरुको उपचार प्राकृतिक रुपमा गर्न सकिनेछ ।

यो न्यालुको प्रवेशद्वार समेत भएकोले यसको महत्व धेरै छ । तीन दशक अघिसम्म पनि यो स्थानको बारेमा जान्ने र पुग्ने धेरै हुम्लीहरुले त्यहाँ गएर ब्यापार गरेको कुरा सुन्दा आजभोलिका युवाहरुका लागि एक कथा जस्तै लाग्छ तर पनि यो
ब्यापारिक स्थलले हुम्लाको पुरानो अर्थतन्त्रमा ठूलो प्रभाव पारेको थियो । यसैले पनि पछिल्लो पुस्ताका लागि यसका बारेमा जानकारी हुनु आवश्यक रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका