नवलपरासी, ६ माघ । नवलपरासी पूर्व देवचुली नगरपालिका १५ धौलागिरीचोक स्थित राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु ५१ प ६१६५ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आइहेको ना ६ ख ४७३३ नम्बरको कन्टेनर ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालक ४५ वर्षिय खडानन्द तिवारी घाइते हुनुभएकाे छ ।
घाइते हुभएका तिवारीलाई उपचारको लागि एलाईभ अस्पताल भरतपुर चितवन पठाइएको छ । घाइते काे अवस्था सिरियस रहेकाे छ ।
दुवै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।