कर्णबहादुर रोकाया, हुम्ला, ६ माघ । सकेगाड गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ को लागि असार १६ गतेका दिनमा बजेट प्रस्तुत गरेको छ । यो गाउँपालिकामा पूँजीगतभन्दा चालु खर्च धेरै विनियोजन गरिएको छ ।
यो गाउँपालिकाको चालुतर्फ खर्च ३१ करोड ३९ लाख ५८ हजार ८४० रुपैँया रहेको छ भने पूँजीगततर्फ ७ करोड ६१ लख ८६ हजार रकम विनियोजन गरिएको जानकारी सर्केगाड गाउँपालिका स्रोतले जानकारी दिएको छ ।
यो गाउँपालिकाले शिक्षामा ९ करोड ३१ लाख, स्वास्थ्यमा ४ करोड, कृषिमा ५३ लाख, पशुमा ४५ लाख, महामारी विशेषतः कोरोना भाइरस नियन्त्रणमा ५० लाख र जलयवायु परिवर्तनका लागि १ करोड ४४ लाख रहेको छ भने पूर्वाधारमा ४५
लाख ९६ हजार, सडकमा २ करोड १५ लाख र खानेपानीका लागि २ करोड ५३ लाख ५३ हजार बजेट विनियोजन भएको छ ।
यसै गरी सर्केगाडमा गाउँपालिकामा कार्यरत गैससहरुले पनि आ–आफ्ना वार्षिक कार्यक्रमको रकम पनि प्रस्तुत गरेका छन् । जसमा किर्डाक हुम्लाको सामुदायिक विकास परियोजनाले २५ लाख ७३ हजार ८१४ छ भने सामर्थ्य परियोजनाको ५३
लाख १४ हजार रहेको छ ।
यसै गरी महिला कल्याण सेवाको महिला रुपान्तरित परियोजनाले पनि ११ लाख ४४ हजार ९५५ रकम खर्च गर्ने भएको छ । पछिल्लो समय असार १६ गते मंगलबारका दिनमा सर्केगाड गाउँपालिकाले केही ढिलो बजेट प्रस्तुत गरेको छ ।