माघ १५ मा विद्यालय सञ्चालन गर्न सिमकोट गापाको पत्रचार – Samacharpati Samacharpati माघ १५ मा विद्यालय सञ्चालन गर्न सिमकोट गापाको पत्रचार – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • माघ १५ मा विद्यालय सञ्चालन गर्न सिमकोट गापाको पत्रचार

माघ १५ मा विद्यालय सञ्चालन गर्न सिमकोट गापाको पत्रचार

माघ १५ मा विद्यालय सञ्चालन गर्न सिमकोट गापाको पत्रचार

कर्णबहादुर रोकाया, हुम्ला । सिमकोट गापाले आफु मातहतमा रहेको २८ विद्यालयलाई आवश्यक र अत्यावश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघ १५ गतेबाट विद्यालय सञ्चालन गर्नका लागि पत्रचार गरेको छ ।

सिमकोट गाउँपालिका वडा नं १देखि ८सम्म सञ्चालनमा आएका २३ सामुदायिक र ५ नीजि विद्यालयहरु रहेका छन् । यी सबै विद्यालयहरु माघ १५ गतेबाट सञ्चालन गर्न सकिने सिमकोट गापाले माघ ५ गते विभिन्न विद्यालयका प्रधानाध्यापक तथा अन्य सरोकारवालाहरुसँग छलफल गरेर तय गरिएको जानकारी सिमकोट गापाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाले दिनुभएको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म विद्यालय बन्द रहेकोले सम्बन्धीत विद्यालयका शिक्षक शिक्षाकाहरु आआफ्नो घर हुम्ला बाहिर गएका छन् । हुम्लाका स्थानीय शिक्षकहरु पनि हिउँद मनाउन विभिन्न शहरमा पुगेका छन् । सिमकोट गापाले गरेको पत्रचारलाई लागु गरेर विद्यालयहरु खोलिए पनि पुरा रुपमा पढाइ हुने कुरामा स्थानीय अविभावकहरुलाई भने विश्वास नरहेको सिमकोट ५ खाद्दक गाउँकी लक्ष्मी रोकायाले बताउनुभयो ।

हाल हुम्लाभरीका धेरैजसो गापाका विद्यालय बन्द भए पनि एसईईको नाममा ट्युशन पढाउने काममा भने विदाले रोकेको छैन । तर पनि सिमकोट गापामा उपलब्ध विद्यालय प्रशासनले विद्यालय सञ्चालन गर्न तयार रहेको बताइरहेका छन् । यसैले पनि सिमकोट गापाका २८ विद्यालय माघ १५ गतेबाट खोलिने भएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका