कर्णबहादुर रोकाया, हुम्ला, ६ माघ । सिमकोट गाउँपालिकाको वडा नं ४ देखि ६ सम्मका २५ जना धामीडाँग्री तथा पुजारीका लागि सचेतना तालिम सञ्चालन गरिएको छ । यसबाट समुदायमा हुने बालविवाहलाई कम गर्न सहयोग पुग्ने आशा गरिएको छ ।
पछिल्लो समय कानुनी हिसाब बीस पारी विहेवारी भन्ने कुरालाई मान्यता दिए पनि स्थानीयस्तरमा १४, १५ वर्षमा नै
विहे गर्ने चलन कम हुन सेकको छैन ।
समुदायमा प्रत्यक्ष सम्पर्कमा रहने स्थानीयस्तरमा मान्यता पाएका धामीडाँग्री र पुजारीलाई सचेतना अभियानमा सहभागी गराउँदा धेरै लाभदायक हुने सिमकोट गाउँपालिका निमित्त प्रशासकीय अधिकृत उजीर रोकायाले बताउनुभएको छ ।
यसैले पनि सिमकोट गाउँपालिकाले सचेतनाका लागि यस्ता विभिन्न कार्यक्रममध्ये यो एक नौलो र गहन कार्यक्रम भएकाले
पनि आगामी दिनमा यस्ता ग्रामीणस्तरका तल्लो समुदायका नागरिकलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम सञ्चालन गरिने भएको छ ।
यसबाट बाल सचेतना तथा अभियानमा सहयोग पुग्ने देखिएको छ । यो कार्यक्रममा २५ जना धामीाडाँग्री तथा पुजारीको उपस्थिति रहेको थियो ।