कर्णबहादुर रोकाया, हुम्ला, ६ माघ । खार्पुनाथ गाउँपालिकाले आफ्नो गाउँपालिको पाँच वडामा कार्यरत नयाँ तथा पुराना महिला स्वास्थ्य स्वयमसेवीकाको क्षमता विस्तारका लागि नौ दिने तालिम सञ्चालन गरेको छ । यसमा ३४ जनाको सहभागीता रहेको थियो ।
यो तालिममा समुदायस्तरमा हुने गरेको स्वास्थ्य सेवाका प्राथमिक गतिविधिहरुलाई अझै छिटो छरितो, भरपर्दो र विश्वसनीय बनाउन सकिन्छ ।
यसलाई प्रभावकारी बनाउन बालबालिकालाई कसरी पोलियो खुवाउने, समाजमा देखिने स्वास्थ्य समस्याका विषयमा कसरी छिटो छरितो जानकारी गराउने र महिला स्वास्थ्य स्वयमसेवीकाले खेल्नुपर्ने भुमिका लगायतका विषयमा जानकारी प्रशिक्षण गरिएको जानकारी खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बलीराज शाहीले दिनुभएको छ ।
यो तालिम पुस २३ गतेबाट शुरु भएर माघ ३ गते सम्पन्न भएको छ । यो तालिममा खार्पुनाथ गापाका वडा एकदेखि पाँचसम्मका गरेर ३४ जना महिला स्वास्थ्य स्वयमसेवीको सहभागीता भएको थियो ।
यो तालिमले गाउँ गाउँमा हुने प्राथमिक उपचार तथा बालबालिका र महिलाको स्वास्थ्यमा आउने स्वास्थ्य समस्या कम गर्न सहयोग पुग्ने आशा गरिएको छ ।