पोखराको पर्यटक बसपार्कमा चोरको बिगबिगी, ५ दिनमा ६ वटा ब्याट्री चोरी – Samacharpati Samacharpati पोखराको पर्यटक बसपार्कमा चोरको बिगबिगी, ५ दिनमा ६ वटा ब्याट्री चोरी – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • पोखराको पर्यटक बसपार्कमा चोरको बिगबिगी, ५ दिनमा ६ वटा ब्याट्री चोरी

पोखराको पर्यटक बसपार्कमा चोरको बिगबिगी, ५ दिनमा ६ वटा ब्याट्री चोरी

ब्याट्री देखि क्यासकेट, टेलिभिजन र एक्सल लगायतका सामाग्रीहरू हराएको व्यवसायीहरुले बताए

पोखराको पर्यटक बसपार्कमा चोरको बिगबिगी, ५ दिनमा ६ वटा ब्याट्री चोरी

समाचारपाटी, पोखरा, ५ माघ । पोखराको पर्यटक बसपार्कमा चोरीको बिगबिगी भएको छ । बसपार्कमा राखेका बसहरुको ब्याट्री देखि क्यासकेट, टेलिभिजन र एक्सल लगायतका सामाग्रीहरू हराएको व्यवसायीहरुले बताएका छन् । कोरोना महामारीको बेलामा लकडाउनका बेला यस्तो नभएको तर पछिल्लो एक साता बसपार्कमा चोरीका घटना बढेको एक व्यवसायी गोविन्द अधिकारीले बताउनुभयो ।

नाट्टा गण्डकीका सह–कोषाध्यक्ष तथा पर्यटक बस संयोजक नवराज भण्डारीका अनुसार पछिल्लो समय अस्थायी पर्यटक बसपार्कमा राखेका गाडीहरुमा चोरहरुको गिरोहले निशाना बनाइरहेको छ । पर्यटकहरु ठप्प प्राय रहेकाबेला गाडीहरु पालो गरेर पठाउने गरेको बताउदै भण्डारीले लामो समय बसपार्कमा राखिएका गाडीको पालोमा यात्रु चढाएर लैजाने क्रममा गाडी स्टार्ट नहुदा चोरी भएको खुलासा भएको हो । उहाँले भन्नुभयो – “अहिले गाडीमा यात्रु छैनन्, लामो समय बसपार्कमा गाडी राखीरहनुपरेको छ, कहिले काँही पालो पर्दा यात्रु हुँदा गाडीमा राखेर लैजाने क्रममा स्टार्ट गर्न खोज्यो हुदैन, के भयो भनेर खोज्दै जाँदा ब्याट्री नै हुदैनन् ।”

“उहाँका अनुसार एक जनाले मात्रै सामान्य रुपमा त्यसरी गाडीका ब्याट्री झिक्न मिल्दैन”, भण्डारीले भन्नुभयो – “जाने बुझेकाले बेच्ने ठाउँमा सम्पर्क गरेर २÷३ जना मिलेर यस्तो काम गरेको हुनुपर्छ, यो एउटा गिरोह नै हुनुपर्छ । गाडीमा प्राय २ वटा १ सय ५० एम्पियरका ब्याट्री हुन्छन् । एउटालाई २२/२३ हजार पर्छ ।” भण्डारीले भन्नुभयो, “एउटा गाडीको २ वटा ब्याट्री हराएको छ, यस्तो महामारीको बेलामा यति ठुलो क्षती ब्यहोर्नु भनेको व्यवसायीहरुलाई निकै घाटा हो” भण्डारीको भनाई रहेको छ ।

उहाँका अनुसार पछिल्लो ५ दिनमा विभिन्न कम्पनीका गाडीका ६ वटा ब्याट्री हराएका छन् भने केहिका क्यासकेट र टेलिभिजन हराएको छ । उहाँले चोरले ब्याट्रीहरु टाढा लैजान नसक्ने र लोकल मार्केटमा बेच्ने भएकाले यस्तो ब्याट्री आएको खण्डमा जानकारी गराइदिन अनुरोध गर्नुभएको छ ।

राष्ट्रबैंक चोकमा व्यवस्थित पर्यटक बसपार्क बनिरहेको छ । गएको वर्षनै हस्तान्तरण गर्नुपर्ने भएपनि कोरोना लगायतका कारणले बसपार्क संचालनमा आउन सकेको छैन भने अहिले बसपार्कको करिब २ सय मिटर तलपट्टी अस्थायी बसपार्कमा बसहरु राखिएको छ । व्यवसायीहरुले जतिसक्दो चाँडो माथिको बसपार्क संचालनमा आए आफुहरुलाई सुविधा हुने बताएका छन् । पर्यटक बसपार्कबाट अहिले मुस्किलले ५/६ वटा गाडी छुट्ने भण्डारीले बताउनुभयो, जबकी यो समयमा अघिल्लो अघिल्लो वर्ष करिब २ दर्जन गाडी छुट्ने गर्दथे ।

भिडियाेमा हेर्नुहाेस

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका