गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ३६ काेराेना संक्रमित – Samacharpati Samacharpati गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ३६ काेराेना संक्रमित – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ३६ काेराेना संक्रमित

गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ३६ काेराेना संक्रमित

गण्डकी प्रदेशका ६ जिल्लाबाट थपिए ३६ काेराेना संक्रमित

पाेखरा, ४ माघ । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या  १५१६४ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १४  जना काेराेना  संक्रमित थपिएका छन् ।

थपिने काेराेना संक्रमित पर्वतका १ जना, म्याग्दीका ३ जना, लमजुङका १ जना, कास्कीका २ जना, बाग्लुङका ७ जना गरि १४ जना रहेका छन् । थपिने काेराेना संक्रमित सबै कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा ६ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने संक्रमित तनहुँका १ जना, पाेखरा महानगरपालिकाका ५ जना गरि ६ जना रहेका छन् । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे फिभर  किल्निकबाट  पहिचान  भएका हुन्।

लाइफ केयर डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा  १६ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित तनहुँका १ जना, पाेखरा महानगरपालिकाका १५ जना गरि १६ जना रहेका छन् ।

सबै संक्रमित लाइफ केयर डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षण मार्फत पहिचान भएका हुन् ।

थपिने संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका