काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटन गर्ने अधिकार सरकारलाई नभएको दावी गर्नुभएकाे छ ।
हिजाे शनिबार नेपाली कांग्रेसको महाङ्काल गाउँपालिकामा भएको एक कार्यक्रममा नेता थापाले यस्तो अधिव्यक्ति दिनुभएकाे हाे ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता थापाले भन्नुभयाे , ‘पाँच वर्षसम्म संसद विघटन गर्न पाउने अधिकार छैन । यदि संसदले सरकार नै दिन सकेन भने मात्र विघटन गर्न पाउने अधिकार छ ।’
सरकार विरुद्ध जारी आन्दोलनलाई सम्बोधन गर्न पुगेका नेता थापाले ओली समूहका सुवासचन्द्र नेम्वाङलाई संविधान नै र्विसेको आरोप लगाउनुभएकाे छ ।
एक कार्यक्रममा नेम्वाङले माधव कुमार नेपालको नाम न बिर्सिएको भन्दै आलोचना गर्नुभएकाे थियाे । नेता थापाले हिजो सोही कार्यक्रममा नेम्वाङले आफ्नो हैसियत र जिम्मेवारी बिर्सिएको आरोप लगाउनुभएकाे हाे । ‘केपी अब किर्त प्रसाद ओली हो , राष्ट्रपति अब गुटपति हुनुभो’ नेता थापाले भन्नुभयाे ।