सांसद मनाङ्गेले १ लाख लेबी फिर्ता मागे, जीप दुर्घटनामा दुईको मृत्यु, होटल खुले पनि ग्राहक आएनन्,कोरोनाको खोप लगाएका २३ जनाको मृत्यु – Samacharpati Samacharpati सांसद मनाङ्गेले १ लाख लेबी फिर्ता मागे, जीप दुर्घटनामा दुईको मृत्यु, होटल खुले पनि ग्राहक आएनन्,कोरोनाको खोप लगाएका २३ जनाको मृत्यु – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • सांसद मनाङ्गेले १ लाख लेबी फिर्ता मागे, जीप दुर्घटनामा दुईको मृत्यु, होटल खुले पनि ग्राहक आएनन्,कोरोनाको खोप लगाएका २३ जनाको मृत्यु

सांसद मनाङ्गेले १ लाख लेबी फिर्ता मागे, जीप दुर्घटनामा दुईको मृत्यु, होटल खुले पनि ग्राहक आएनन्,कोरोनाको खोप लगाएका २३ जनाको मृत्यु

सांसद मनाङ्गेले १ लाख लेबी फिर्ता मागे, जीप दुर्घटनामा दुईको मृत्यु, होटल खुले पनि ग्राहक आएनन्,कोरोनाको खोप लगाएका २३ जनाको मृत्यु

पोखरा ,४ पुष। मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ ९दीपक मनाङ्गे० ले गण्डकी प्रदेश सभाबाट पनि स्वतन्त्र सांसदकै परिचय पत्र लिएका छन् । सांसद मनाङ्गेले केही दिनअघिमात्र स्वतन्त्र सांसदको परिचय पत्र बनाएका थिए ।पोहोर असार १९ गते नेकपा प्रवेश गरेका भनिएका मनाङ्गे प्रदेश सभामा सत्ता पक्षकै लहरमा बस्दै आएका थिए । उनले दुई तिहाइ बहुमतका लागिमात्र नेकपालाई समर्थन गरेको बताएका छन् । मनाङ्गेले स्वतन्त्र सांसद उल्लेख गरिएको परिचयपत्रसमेत पठाएका छन् ।तर, सांसद मनाङ्गेले पाउने पारिश्रमिकबाट नेकपामा लेबी गएको देखिएको छ । संसद सचिवालयको रेकर्डमा उनको पारिश्रमिकबाट नेकपालाई १ लाख ४ हजार रुपैयाँ लेबी काटिएको भेटिएको छ ।आफू स्वतन्त्र निर्वाचित भएको र संसदमा पनि स्वतन्त्र हैसियतमै रहेकाले संसद सचिवालयबाट नेकपाले लेबी काटेको भन्दै मनाङ्गेले आपत्ति जनाएका छन् ।उनले सचिवालयका सचिव हरिराज पोखरेललाई लेबी काटिएकोबारे आपत्ति जनाउँदै फिर्ता लिने बताएका छन् । पोखरेलले मौखिक जानकारीले नहुने बताएका थिए ।निर्वाचन आयोगको रेकर्डमा पनि उनी स्वतन्त्र सांसदकै रुपमा रहेको र संसदमा पनि उनी नेकपामा प्रवेश गरेको आधिकारिक जानकारी अझै खुल्न सकेको छैन । संसद सचिवालयमा नेकपाले सांसदको सूची पठाएको भए पनि उनी आधिकारिक प्रवेश गरेको जानकारी नभएको पाइएको छ ।‘उनी सत्ता पक्षकै लहरमा बस्दै आएका थिए, लेबी पनि काटिएको छ,’ प्रदेश सभा सचिवालयका कानुन उपसचिव राजेन्द्र न्यौपानेले भने, ‘कागजातबारे अध्ययन गर्दैछौं ।’ नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले राजीव सत्ता पक्षकै सांसद भएको दाबी गरे ।नेपालको दल सम्बन्धी ऐनले कुनै दलको उम्मेदवार नभई स्वतन्त्र रुपमा संघीय संसद वा प्रदेश सभामा निर्वाचित भएको व्यक्तिले कुनै दलको सदस्यता लिएमा निज स्वतः त्यस्तो दलको संसदीय दलको सदस्य हुने व्यवस्था गरेको छ । तर, आफू नेकपा प्रवेश गरेको कुनै आधार नै नभएको र स्वतन्त्र नै रहेको मनाङेको दाबी छ ।मनाङ्गे नेकपा संसदीय दलको सदस्य नभइ स्वतन्त्र रहँदा जुनसुकै पार्टीलाई पनि समर्थन गर्न पाउने छन् । सांसद मनाङ्गे आफूले मुख्यमन्त्री गुरुङ र अर्को समूहलाई समर्थन गर्नैपर्छ भन्ने नरहेको दाबी गरे ।मनाङ्गे स्वतन्त्र हुँदा सत्ता समीकरणमासमेत असर गर्ने छ । प्रधानमन्त्री केपी शर्मा ओली समर्थित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा अहिले २६ सांसद छन् । सरकारलाई ३ सदस्य रहेको राष्ट्रिय जनमोर्चाले पनि साथ दिँदा २९ सदस्य पुग्छ । पार्टी विभाजन भएको खण्डमा मुख्यमन्त्रीलाई विश्वासको मत जित्न ३१ सांसद चाहिन्छ ।गण्डकीमा अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका १३, कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।यसैबीच, नेकपा गण्डकी प्रदेश संसदीय दलले संसद सचिवालयमा अर्को व्यवस्था नभएसम्मको लागि नेकपाका कुनै पनि सांसदको पारिश्रमिकबाट लेबी रकम कट्टा गरी पठाउने कामलाई रोक्का गरिदिन पत्र काटेको छ ।राजनीतिक हिसाबले दुई टुक्रा भएपछि प्रमुख सचेतक मायानाथ अधिकारीले पार्टीको आन्तरिक जीवनमा असामान्य अवस्था सिर्जना भएकाले नेकपा सांसदले पाउने पारिश्रमिकबाट लेबी नकाट्न संसद सचिवालयलाई पत्र पठाएका हुन् ।नेकपाले प्रमुख सचेतक र समितिका सभापतिले पाउने ५६ हजार ८ सय ४० तथा सचेतकले पाउने ५४ हजार ५ सय २० रुपैयाँबाट ७ हजार ५ सय रुपैयाँ लेबी कट्टा गरी सीधै पार्टीको खातामा पठाउने गरेको थियो । पारिश्रमिकबापत प्राप्त गर्ने ५२ हजार २ सयबाट ६ हजार ५ सय रुपैयाँ लेबी पार्टीको खातामा पठाएर बाँकी नेकपाका सांसदले बुझ्दै आएका थिए ।नेकपा विभाजन भएर देशभर सामानान्तर कमिटी बनेपछि प्रमुख सचेतक अधिकारीले पुस २४ गते पत्र लेखेर प्रदेश सभा सचिवालयमा लेबी काट्ने काम रोक्का गर्न अनुरोध गरेका थिए ।नेपाली कांग्रेसका सांसदले पाउने पारिश्रमिकबाट ६ हजार ७ सय ५० रुपैयाँ लेबी सीधै पार्टीको खातामा जम्मा हुन्छ । गण्डकी प्रदेश सभामा सहभागी राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका सांसदको भने संसदबाटै सीधै लेबी काट्ने व्यवस्था छैन ।(अनलाईन खवर)

पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नम्बरको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ ।

कोरोनाका कारण बन्द भएका, सानाठूला होटल सञ्चालनमा आए पनि ग्राहक नआएपछि क्षमता अनुरुपको सेवा दिन नसकेको होटल व्यवसायीहरुले बताएका छन् । पर्याप्त संख्यामा पाहुना नआएपछि होटलहरूले १० देखि २५ प्रतिशत मात्रै सेवा दिँदै आएको बताएका छन् ।सामान्य अवस्थामा पोखराको पर्यटनमा ४५ प्रतिशत योगदान आन्तरिक पर्यटकको हुन्थ्यो । तर कोरोनाको महामारीका कारण सुस्ताएको चहलपहल गएको दसैँयता सुधार हुँदै गए पनि होटल व्यवसायी सन्तुष्ट छैनन् ।एकजना होटल व्यवसायी बुद्धिमान शर्माका अनुसार मूख्य सिजनमै पर्यटक नआए पछि होटल व्यवसाय संकटमा परेको छ । होटल व्यवसायीहरूका अनुसार यो मौसममा चितवन जाने पर्यटकको संख्या दैनिक २५ सयको हाराहारीमा हुन्थ्यो । तर हिजोआज यो सङ्ख्या ५ देखि ७ सयको हाराहारीमा मात्रै छ ।सौराहामा सञ्चालित होटलहरुले मात्रै दैनिक ८० लाख भन्दा बढी घाटाको कारोबार गरीरहेका छन् । क्षेत्रीय होटल एशोसियसन चितवका अध्यक्ष दीपक भट्टराई घाटा व्यहोरेरै पनि होटल सञ्चालन गरिरहेको बताउछन् । सरकारले लकडाउनको घोषणा गरेपछि ठप्प भएका होटल व्यवसाय ७ महिनाअघिदेखि चल्न थालेका थिए ।नेपाल होटल एसोसिएसन हानका अध्यक्ष सिर्जना राणाका अनुसार पर्यटक नआएपछि साना मात्रै होइन, ठूला होटेललाई पनि समस्या भइरहेको छ । नेपाल राष्ट्र बैँकको अध्ययन प्रतिवेदन अनुसार कोरोना महामारीका कारण अझैँ पनि २३ दशमलव ७६ प्रतिशत होटल तथा रेष्टुराँ खुल्न सकेका छैनन् ।नेपालमा तारे होटल मात्र करिब १ सय ४० छन् भने अन्य साना ठुला गरी लगभग ८० हजार होटल सञ्चालनमा रहेको होटल सङ्गठनहरूको दावी छ । तर पाहुना नआउँदा १० देखि १५ खर्बको लगानी पनि जोखिममा परेको छ ।( ताण्डव )

नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका १३ जनाको खोप लगाउने बितिकै साइड इफेक्ट देखिएपछि उपचारकै क्रममा मृत्यु भएको हो । अन्य १० जनाको भने खोप लगाएको केही घण्टामा नै मृत्यु भएको हो ।(ईमेज खवर)

बागलुङका सर्वसाधारणले शनिबार निर्माण व्यवसायी सम्मानित र पुरस्कृत हुँदा खुसी भए।बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको देशकै लामो (५६७ मिटर) झोलुङ्गे पुल उद्घाटनको कार्यक्रम थियो । विसं २०७६ वैशाख १ गते पुलको शिलान्यास गर्नुभएका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले एक वर्षमा नै निर्माण सम्पन्न भएको पुलको उद्घाटन पनि आफैँ गर्दै हुनुहुन्थ्यो । शिलान्यासको समयमा निर्माण व्यवसायीलाई आफू बोल्ने समयमा प्रतिबद्धता व्यक्त गर्न लगाउनुभएका तिमिल्सिनाले उद्घाटनमा वाचा पूरा गरेको भन्दै निर्माण व्यवसायीलाई सम्मान र पुरस्कारसमेत दिनुभयो ।शिलान्यासको समयमा निर्माणको जिम्मा लिएको थानी एण्ड हिमशिखर जेभीका प्रतिनिधि नरहरि खड्काले तोकिएको समयभन्दा छ महिना पहिला पुल निर्माणको काम सक्ने बताउनुभएको थियो । विसं २०७७ फागुनसम्म पुल निर्माणको अन्तिम मिति रहेको भए पनि वैशाखमा नै निर्माण सम्पन्न भएको थियो । खड्कालाई अध्यक्ष तिमिल्सिनाले रु ५० हजार नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । वाचा पूरा गरेर जनचाहनाअनुसारको काम गरेको भन्दै उहाँले धन्यवाद दिनुभयो ।समयअगावै तोकिएको मापदण्डको काम गरेको भन्दै लुम्बिनी फाउण्डेशनका निर्देशक नीरजगोविन्द श्रेष्ठले रु २० हजार पुरस्कार दिनुभयो । बागलुङ नगरपालिकाले कम्पनीलाई प्रशंसापत्रले सम्मान गर्यो । ठेकेदारलाई पुरस्कारभन्दा खान नपाउनेलाई दिएको भए हुन्थ्यो भनेर प्रश्नहरु आउलान् भन्दै तिमिल्सिनाले भन्नुभयो, “मैले प्रोत्साहनका लागि पुरस्कार दिएको हुँ, काम गर्नेको सम्मान जरुरी छ ।”रु १२ करोड २२ लाख १८ हजारमा निर्माण सम्पन्न भएको पुल गत वैशाखदेखि नै सर्वसाधारणका लागि खुला गरिएको थियो । कोरोना भाइरस महामारीका कारण ढिला गरी यसको उद्घाटन भएको हो । पुरस्कार र सम्मानले आफूले जिम्मेवारी पाएका अन्य काम समयमा सक्ने जिम्मेवारी थपिएको खड्काले बताउनुभयो ।यो पुल निर्माणपछि बागलुङको जिल्ला सदरमुकाम बागलुङ बजार आउजाउमा पर्वतको पाङवासीलाई सहज हुनेछ भने आन्तरिक पर्यटकका लागि यो पुल अब बागलुङको पहिलो गन्तव्य बनेको छ । “निर्माण सम्पन्न भएपछि उद्घाटन र हस्तान्तरण नहुँदै हामीले खुला गरेका थियौँ, दिनहुँ सयौँ जना यो पुल हेर्न आउने गर्नुभएको छ”, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्नुहुन्छ, “छेवैमा रहेको कालिका, पञ्चकोट र कालीगण्डकी माथिको संसारकै लामो पुल पर्यटकको एउटा प्याकेज हो । (रासस )

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका