खरायोबाट पाँच लाख कमाउने हुम्लाका धन वोहरा – Samacharpati Samacharpati खरायोबाट पाँच लाख कमाउने हुम्लाका धन वोहरा – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • खरायोबाट पाँच लाख कमाउने हुम्लाका धन वोहरा

खरायोबाट पाँच लाख कमाउने हुम्लाका धन वोहरा

खरायोबाट पाँच लाख कमाउने हुम्लाका धन वोहरा

कर्णबहादुर रोकाया, हुम्ला, ४ माघ । गरे नहुने के छैन र रु यो भनाईसँग भावनात्मक सम्बन्ध गाँस्ने एक किसान हुन् धन वोहरा । उहाँ दैनिक जीवनसँग र घरायसी कामका लागि प्रयोग हुने धेरै सीपका लागि गाउँमा चिनिएका एक सीपालु पनि हुनुहुन्छ ।

पछिल्लो समय उहाँको परिचय गाउँकोभन्दा पनि जिल्लाकै एक अगुवा खरायो पालक किसानको परिचयका रुपमा चिनिएको छ । उहाँले तीन वर्षको समयावधिमा खरायो पालेरै पाँच लाखभन्दा धेरै आम्दानी गरिसक्नुभएकाे छ । उहाँको सिको गरेर हाल सिमकोट गाउँपालिका वडा नं १ र २ मा करीब छ सयभन्दा धेरै खरायो गाउँमा छन् ।

सिमकोट गाउँपालिकाका वडा नं १ र २ ठेहे गाउँ हुम्ला जिल्लाकै एक ठूलो गाउँ हो । यहाँको जनसंख्या अरु
गाउँ भन्दा धेरै रहेको छ । यहाँ क्षेत्रीहरुको बाक्लो बस्ती हुनुका साथै केही मात्रामा दलितहरुको पनि बसोवास रहेको छ ।

यहाँबाट सदरमुकाम सिमकोट पुग्न दुई घण्टा लाग्छ । पछिल्लो समय यो गाउँको तरकारीले सिमकोट बजारमा राम्रो स्थान पाएको छ । धेरै ठेहे गाउँका बासिन्दाहरुले तरकारीको आम्दानीबाट आफ्ना सन्तानलाई नेपालका विभिन्नि शहरहरुमा उच्च शिक्षाका लागि लगानी गरेका छन् ।

अरुभन्दा फरक सोचका धन वोहरा हाल ३६ वर्षका हुनुभएकाे छ । उहाँको परिवार सानो छ । उहाँलाई गाउँकै एक हितैषी साथी जसलाई स्थानीय भाषामा सम्मान स्वरुप ‘ज्यु’ले एक जोडी खरायो उपहार स्वरुप दिनुभएकाे हाे । यसलाई उहाँले स्याहार सम्भार गरेर तीन वर्षमा पाँच लाखभन्दा धेरै नगद कमाउनुभएकाे छ ।

उहाँले आफन्त, साथीभाइ र अन्यलाई विभिन्न उपहार तथा कोसेलीका रुपमा दिइएको खरायोको हिसाब गर्ने हो भने सात लाख हुने उहाँले भन्नुभयाे । यसले एक वेतमा तीन चारदेखि आठ नौ बच्चा दिने भएकाले त्यो बेला माउ खरायो बच्चाहरुको स्याहारका लागि अलि आक्रमक हुन्छ ।

यो संवदेनशील अवस्थालाई राम्रोसँग स्याहार सुसार गरेमा पाल्न राम्रो छ तर पनि यसका लागि आफु बस्ने घरभन्दा अलि फरक स्थानमा सुरक्षित खोर बनाउनु उपयुक्त हुने उहाँले बताउनुभयाे ।

तीन वर्षको अवधिमा गाउँघर, छिमेकी गाउँ तथा विभिन्न समुह, सहकारी तथा गैससहरुका लागि दर्जनौं खरायो बेच्नुभएकाे  छ । भने तालिमका लागि प्रशिक्षक भएर पनि काम गर्नुभएकाे छ ।

मासिक हजारौं रुपैँया खरायोबाट कमाउने धन वोहराले यो पेशाबाट राम्रो आम्दानी गर्न सफल भएको सिमकोट गाउँपालिका वडा नं २ ठेहेका स्थानीय सूर्यमणि वोहराले बताउनुभयाे ।

कम लगनी, कम श्रम र घरमै बसी बसी खरायोबाट राम्रो आम्दानी गरेकाले उहाँको सिको गरेर गाउँलेहरुले पनि खरायो पाल्ने गरेका छन् । पछिल्लो समय कोरोनाका कारण विभिन्न कामका लागि नाकाबन्दी भएको गाउँघरमा सस्तो र सजीलै किन्न पाइने भएकाले पनि दिनको तीन चारभन्दा धेरै खरायो बिक्री हुने गरेको छ ।

खरायो हेरेर सिंलग बेच्दा एक हजारदेखि दुई हजारसम्म र डबल बेच्दा दुई हजारदेखि चार हजारसम्म बिक्री हुने गरेको छ । उहाँको यो कामले गाउँका अरु किसानहरुले पनि खरायो पालन गरेका छन् । हाल ठेहे गाउँका करीब एक हजारभन्दा धेरै खरायो रहेका छन् ।

पछिल्लो समय गाउँमा मासुको स्वाद पनि नयाँ, छिटो छरितो र सस्तोमा मासु पाइने भएकाले पनि खरायोपालनका स्रोत व्यक्ति बन्नुभएकाे छ, धन बोहरा । उहाँले हालसम्म पाँच लाखभन्दा धेरै आम्दानी खरायोबाट गर्नुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका