आजकाे मौसम :-प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना – Samacharpati Samacharpati आजकाे मौसम :-प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • आजकाे मौसम :-प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना

आजकाे मौसम :-प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना

आजकाे मौसम :-प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना

काठमान्डाैँ, ३ माघ । हाल देशमा बंगलादेश र आसपासमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १ का पहाडी भागमा सामान्य बदली रहेको छ भने बाकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रहने छ र बाँकि प्रदेशमा मौसम सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

आज राति  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरू साथै सुदुर पश्चिम प्रदेशका तराइका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका